२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

तुराङ् स्वास्थ्य चौकीलाई एक ब्यक्तिद्धारा एम्बुलेन्स हस्तान्तरण

२०७२, १९ चैत्र शुक्रबार १४:४१

 चैत १८, वामी (गुल्मी) । तु्राङ् स्वास्थ्य चौकीमा एक कार्यक्रमका बिच एम्बुलेन्स हस्तारन्तरण गरिएको छ ।
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र २ का साँसद चन्द्र भण्डारीले ब्यानर अनाबरण गरी एम्बुलेन्सको चाबी स्वास्थ्य चौकीका इन्चार्ज चक्र बस्नेतलाई हस्तान्तरण गर्नुभयो ।

उक्त एम्बुलेन्स तुराङ् गाबिस वडा नम्बर ३ निवासी ठग बहादुर बस्नेतले स्वार्गीय माता भेउकला बस्नेतको स्मृतिमा तथा बुवा कुल बहादुर बस्नेतको सम्मानमा स परिवारबाट निशुल्क रुपमा १० लाख बराबर लागतको एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि साँसद भण्डारीले एम्बुलेन्स हस्तान्तरण गर्ने कार्य यस क्षेत्रकै अनुरकणीय काम भएको भन्दै यस्त कामहरुलाई सबैले अनुसरण गर्नुपर्ने बताउनुभयो । जुनसुकै कुराको परिबर्तन पनि आफैबाट शुरु गर्नुैपर्छ भन्दै साँसद भण्डारीले राम्रो कामको शुरुवात गर्नुभएकोमा बस्नेत परिवार लाई धन्यबाद ज्ञापन गर्नुभयो ।

फरक प्रसँगमा उहाँले राजनीति गर्नेले आफ्नो किताब पढेर भन्दा जनताको किताब पढनु पर्ने कृुरामा जोड दिनुभयो ।
आफु सधै गुल्मी जिल्लालाई नमुना बनाउन अग्रसर भएको भन्दै गुल्मीमा बिकासका मुलहरु फुटीरहने बताउनुभयो । साथै आफ्नो पहलमा भएका कामहरु प्रति अरुद्धारा भ्रम सिर्जन ागर्ने काम भइरहेको भन्दै उहाँले त्यस्ता भ्रममा नपर्ने आग्रह गर्नुभयो । त्यसैगरी रुद्रबेणी वामीटक्सार सडक खण्डको स्तरोन्नतीको काम तिन तिरबाट छिट्टै शुरु हुने जानकारी दिनुभयो ।

सांसद भण्डारीले उहाँले आफु सधै समाज र जनताका लागी परेकोले जहिले पनि मौका नआउने र मौकाको बेलामा बिकास गरेर देखाउने बताउनुभयो । त्यस्तैगरी नेपालको सबिंधान बिश्वकै उत्कृष्ट भएको भन्दै उहाँले यसले सबै जनताहरुको हक अधिकारलाई सुनिश्चित गरेको बताउनुभयो । साथै उहाँँले सोही स्वास्थ्य चौकीको स्तरोन्नतको लागी आफु लागी पर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ, एमाले जिल्ला कमिटिका सचिवालय सदस्य जीवन खरेल, एमाओबादीका जिल्ला सल्लाहकार शिबलाल पोखरेल, जनस्वास्थ्य कार्यालयका प्रमुख रामजी बानियाँ, मानका टिकाराम बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष बिष्णुृ प्रसाद गौतम, एम्बुलेन्स दाता ठग बहादुर बस्न्ेत, हेल्थपोस्ट ब्यबस्थापन समतिकिा कार्यबाहक अध्यक्ष चेतन बस्नेत, पुर्ब इन्चार्ज देबिदत्र गौतम लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

सोही अवसरमा नेपाली काङ्ग्रेस गुलमीका सचिब खिलध्वज पन्थीको बिशेष आतिथ्यता रहेको थियो भने बिभिन्न अनय पार्टीहरुक पार्टी प्रतिनिधि, समाजसेबी, बुद्धिजिवि, नागरीक समाज, पत्रकार लगायतको सहभागीता रहेका थियो । कार्यक्रममा एम्बुलेन्स दाता बस्नेत तथा अय उपस्थित बिशेष अतिथिहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । तुराङ स्वाथ्य चौकीका ब्यबस्थापन समितिका अध्यक्ष हरि गौतमको अध्यक्षता रहेको कार्यक्रममा स्वास्थ्य चौकीका इन्चार्ज चक्र बस्नेतको स्वागत रहेको थियो भने सञ्चालन ज्ञानोदय उमाबिका सहायक प्राचार्य महेन्द्र प्रसाद गौतम ले गर्नुभएको थियो ।

– अनिश शर्मा गैरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु