२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मेलम्चीमा छ दर्जन घर पहिरोको जोखिममा

२०७५, ३० श्रावण बुधबार १०:३२

साउन ३०, चौतारा | अविरल वर्षासँगै गएराति गएको पहिरोले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरेका प्रेमबहादुर खड्काको घर पुरिएको छ । अन्य दुई घर उच्च जोखिममा परेका छन् । 

भूकम्पपछि पुनःनिर्माण गरिएको घरमा सर्न साइत पर्खेर बसेका खड्काको अन्नपातसहितको दुईतले घर पुरिएको वडाध्यक्ष कमलबहादुर खड्काले जानकारी दिनुभयो । करीब ४० मिटर माथिबाट झरेको पहिरो र तलबाट समेत बगेपछि छिमेकी दुई जनाको घरसमेत उच्च जोखिममा परेको छ । 

मध्यरातमा पहिरो आएको थाहा पाएपछि भूपेन्द्र खड्का र सरोज खड्काको परिवार राति नै भागेर सुरक्षित ठाउँमा बसेका छन् । बाह्रबिसे नगरपालिका–४ ओख्रेनीमा करीब एक हजार मिटर माथिबाट झरेको पहिरोले भूकम्पपछि पुनःनिर्माण गरिएका ११ घर उच्च जोखिममा परेका छन् । पहिरोले ग्रामीण सडक भासिएको छ । 

सो ठाउँमा पुनःपहिरो झरेमा तलको बस्तीलाई समेत असर पुग्ने हुँदा स्थानीयलाई सतर्क रहन आग्रह गरिएको वडाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । पहिरोले सो नगरपालिकाको वडा नं ५ बसेरीमा पनि पाँच घर जोखिममा पारेको छ । 

त्रिपुरासुन्दरी गाउँपालिका–१ घोर्थलीमा पनि पुनःनिर्माण गरिएको १९ घर पहिरोको उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । गएराति अविरल वर्षाले पहिरो गएपछि चौतारा साँगाचोक नगरपालिका–३ बतासेमा नौ घर र जुगल गाउँपालिका–६ हाप्रामा दुई घर क्षति तथा सात घर जोखिममा परेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने