२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

ती व्राह्मण जसले यी विपन्न दलितलाई बनाए डाक्टर

३१ श्रावण २०७५, बिहीबार ०४:००

प्रेम सुनार | साउन ३१, गुल्मी | जसले २०६५ सालमा  बढो मुस्किलले आर्थिक समस्या झेल्दै गाउँको  सरकारी विद्यालयमा एसएलसी पास गर्दा क्याम्पस पढ्ने कुरा उनका बढो सोचनीय विषय थियो । उनलाई विज्ञान विषय लिएर क्याम्पस पढ्ने मन थियो  ।  तर, उनका अगाडि आर्थिक तगारो बनेर तेर्सियो ।  अरु साथीहरु क्याम्पस भर्ना भई रहँदा उनी अकल्गुम थिए । रोगी र बृद्ध बुवा , एउटी आमाको निमेक मजदुरीका भरमा उनले त्यहाँ सम्मको अध्यायन गरेका थिए ।  

उनी हुन गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर–१, साविकको दुर्गम गाउँ नेटा गाविस कटौजेका काँशीराम बिक । २०४८ साल बैशाख ६ गते पिता टोपबहादुर बिक र माता मनरुपाको कोखबाट सानो खरको झुपडीमा जन्मिएका उनी गरीव भए पनि उनले पढेको सरस्वती माध्यामिक विद्यालय नेटाका अव्बल विद्यार्थी थिए ।

एसएलसी पास गरेर सदरमुकाम तम्घासको रेसुङ्गा बहुमुखी क्याम्पस समेत भर्ना हुन नसकेका उनलाई केही  समय पछि काठमाण्डौबाट फोन आउँछ । त्यही फोन नै उनको उज्वल भविश्यको संकेत थियो । उक्त फोन गरेका थिए उनका छिमेकी गाउँ भर्मचौर घर भई काठमाण्डौमा बसेर क्याम्पस पढाउने दिनानाथ पौड्याल । उनले बिकलाई फोन गरेर काठमाण्डौं बोलाए । आफ्नै कोठामा राखेर पुरानो बानेश्वरको न्यु समिट कलेजमा भर्ना गराए ।

आठ महिना सम्म उनी संगै बसेर पढे   । त्यस पछि अध्यायनमा मात्र नभई होस्टेलमा समेत छात्रवृत्ति पाए । होस्टेल मै बसेर विज्ञान विषयमा कक्षा १२ सम्म पढे ।  कक्षा १२ पछि उनका साथीहरु एमबिबिएस अध्यायनका लागि  शिक्षा मन्त्रालयले लिने प्रवेश परीक्षाको तयारमा जुटे ।  

तर उनी संग त्यो पढ्ने रकम जुटाउने उपाय भएन । उनी बाग्लुङ्गको वुर्तिबाङ्गमा रहेको जनता ईङ्गलिश सेकेन्डरी बोर्डिङ्ग स्कुलमा पढाउन  गए । एक वर्ष सम्म त्यहाँ पढाए पछि उनी फेरी काठमाण्डौ फर्के । त्यहाँ  पढाएर उनले  उक्त  रकम जुटाई सकेकोले उनी शिक्षा मन्त्रालयको त्यस  प्रवेश तयारी कक्षमा भर्ना भए ।  तीन महिनाको अध्यायन पछि लिईएको परीक्षामा उनी एमबिबिएस अध्यायनको  छात्रबृत्ति पाउनेमा उतीर्ण भए ।

पाँच बर्ष अध्यायन पुरा गरी अहिले उनी जिल्ला अस्पताल गुल्मीको एमबिबिएस डाक्टर नियुक्ति लिएर  आएका छन । बुधवार देखि  उनले त्यस अस्पतालमा कार्यभार सम्हालेका छन । उनको घर छिमेकी जिल्ला वाग्लुङ्गको सीमनामा  पर्दछ   । अहिले सम्म पनि उनका गाउका मानिसहरु जिल्ला अस्पताल तम्घासको पहुँचमा छैनन ।

तस्वीरमा: उनै डाक्टर बिश्वकर्मा विरामी जाँच्ने तयारीमा निस्कीदै 

डाक्टर बिक पहिलो पटक आफ्नो जिल्लाको अस्पताल भित्र प्रबेश गरे त्यो पनि डाक्टर बनेर ।  डाक्टर बिक भन्छन –‘ मैले यो जिल्ला अस्पताल देखेको सम्म थिईन । आज पहिलो पटक प्रबेश गर्दैछु । उनी बुधवार अस्पताल प्रबेश गर्दै गर्दा महिला अधिकारकर्मी विष्णुकुमारी सापकोटा , निर्मला केसी लगायतले पुष्पगुच्छाले स्वागत गर्दै बधाई दिदै थिए ।

बाबु आमाका ९ सन्तान मध्येका हुन डाक्टर बिक ।   घरमा चरम गरिवी थियो । त्यस माथी बाबुको मृत्यु भयो । घर जल्यो ।  अरु यावत आरोह अवरोहहरु पार गरे उनले, कत्ति विचलित भएनन ।  लुम्विनी मेडिकल कलेज प्रभास पाल्पामा एमबिबिस उतिर्ण डाक्टर बिक  यसरी डाक्टर बन्लान भन्ने कल्पना नै गर्न नसकिएको उनका छिमेकी तथा शिक्षा विकास तथा समन्वय ईकाई गुल्मीका शाखा अधिकृत झविलाल बिक बताउँ छन ।

उनी भन्छन सामन्य क्याम्पस भर्ना त कसरी हुने हो भन्ने उहाँहरुको आर्थिक अवस्था थियो । उनले एसएलसी पास गरे पछि शिक्षक सम्म हुन सक्ने भएकोले मैले म्याथ वा ईङ्गलिश विषय लिएर पढ्न सुझाएको थिएँ, डाक्टर र ईञ्जिनियर पढ्ने भन्ने कुरा त सोच्न सम्म सकिएको थिएन ।’

डाक्टर बिक भन्छन डाक्टर बन्ने कुरा त म आफैले पनि कल्पना समेत गर्न सकेको थिएन । मलाई थाहा थिएन विज्ञान पढेर डाक्टर बनिन्छ भन्ने कुरा ।  

म सायद भाग्यमानी रहेछु क्यारे दिनानाथ सर जस्ता गडफादर पाएँ मैले । उहाँले ठुलो सहयोग सहित प्रेरणा दिनु भयो । बुटवलमा खेम पुन , छिमेकी मामा थामडाँडाका दुर्गा बिक सहित अरु धेरैले सहयोग गरेर मलाई यहाँ सम्म ल्याउनु भयो । उहाँहरु सवै प्रति कृतज्ञता जाहेर गर्ने मैले त्यस्तो शव्द नै  शव्द कोष मै पाईन  ।  उनी थप्छन मेरो घरको गरिवीले नै मलाई यहाँ सम्म पुु¥याएको हो ।

गरिव हुँदैन्थे भने दिनानाथ सर जस्ता सयौंको सहयोग पाउन सक्ने थिईन । यसर्थ गरिवीलाई मेरो कमजोरी होईन मेरो ताकत ठानेको छु । गरिवी होईन समस्या, जुन कोही गरिवले  लिने अपेक्षामा भर पर्दो रहेछ । मैले गाउँको मास्टर बन्ने अपेक्षा लिएको थिएँ । कहिले मानिसको अपेक्षा अनुरुप नै पुरा हुँदो रहेछ भने कहिले जिन्दगीको मोड नै बदलिदो रहेछ ।

उनको प्रमुख सहयोगी र प्रेरणका श्रोत दिननाथ पौड्याल भन्छन–‘ मैले भन्दा पनि उनी आफैको मेहनत र  संघर्षले यहाँ सम्म आएका हुन । मैले त वातवरण मात्रै बनाई दिएको हुँ । अरु थुप्रैलाई पनि बातवरण बनाऔं तर कोही लफङ्गिए तर उनले बढो मेहनत गरे  । उनि यसरी सफल भएकोमा एकदमै खुशी छु ।   शाखा अधिकृत बिक भन्छन –‘  जिल्ला अस्पताल तम्घासमा दलित समुदायबाट डाक्टर नियुक्ति लिएर आउने सम्भवत उहाँ पहिलो हुन सक्छ । ’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला