2026-07-25 04:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न माग

साउन ३१, काठमाडौँ | मुलुकका तीन ठूला ट्रेड युनियनले श्रम क्षेत्रको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा ल्याउन सरकार र रोजगारदातासँग माग गरेका छन् । 

अखिल नेपाल ट्रेड युनियन महासङ्घ, नेपाल ट्रेड युनियन महासङ्घ र नेपाल ट्रेड युनियन काङ्ग्रेसले संयुक्त पत्रकार सम्मेलन गरी उक्त ऐन कार्यान्वयन गर्ने सन्दर्भमा आउने जस्तोसुकै दायित्व निर्वाह गर्न आफूहरू प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । 

उक्त ऐन र श्रम ऐन कार्यान्वयनमा ल्याउनका लागि स्थानीय तहमा श्रमिकको प्रमाणीकरण गरी पञ्जिकरण गर्न, श्रमिकको पारिश्रमिक तथा सुरक्षाको अनुगमन गर्न, श्रम प्रशासनलाई नियमित गराउन र सामाजिक संवादको अभ्यास गर्न पनि उनीहरूले जोड दिएका छन् । 

पत्रकार सम्मेलनमा ट्रेड युनियनका अगुवा पुष्कर आचार्य, गणेश रेग्मी र कमल गौतमले श्रमिकलाई बाँच्न पुग्ने पारिश्रमिकको व्यवस्था गर्न तथा युनियनसँग हातेमालो गरी श्रम सचेतनाका क्रियाकलाप आयोजना गर्न समेत सरकारसँग आग्रह गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली