2026-07-25 01:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकाबाट २९ मेट्रिक टन फोहर व्यवस्थापन

भदौ २, काठमाडौँ | उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २९ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । 

वाग्मती सफाइ महाअभियानको २७५ औँ हप्तामा आज बानेश्वर क्याम्पस अघिको नदीमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी सशस्त्र प्रहरी श्रीमती संघलगायत ३१ संस्थाका ७७४ भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको माला खरेलले जानकारी दिनुभयो । 

वाग्मतीको मुहान सुन्दरीजलदेखि नै सफाइ गर्ने अभियान चलाएको वाग्मती सुन्दरता सरोकार मञ्चले सफाइमा जनप्रतिनिधिको सहभागिता जुटाउन थालेको छ । जसअनुसार आजको सफाइको नेतृत्व महानगरपालिकाको वडा नं ३१ ले गरेको मञ्चका संयोजक उत्तम पुडासैनीले बताउनुभयो । 

सफाइमा मुहानदेखिकै नदी सफाइ अभियानमा जुटेका राम्रो जोरपाटी, हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज, माकलबारी टोल सुधार समिति, तिलगङ्गा महिला समूह, आलोकनगर सफाइ अभियानलगायत संस्थाको पनि सक्रियता थियो । प्रदेशसभा सदस्य गणेश दुलाल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, वडा नं ३१ का अध्यक्ष नारायण भण्डारी, सशस्त्र प्रहरी श्रीमती संघकी अध्यक्ष संगीता खनाललगायत अभियानकर्मीको सफाइमा सक्रियता थियो । 

रुद्रमती सफाइको २३० औँ हप्तामा रातोपुल–मैतीदेवी मन्दिर–रुद्रनगरसम्म सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । रुद्रमती सरोकार समाजको नेतृत्वमा भएको सफाइमा वडा नं ३० का अध्यक्ष दलबहादुर कार्की, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूहलगायत संस्थाका १५० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । 

विष्णुमती सफाइको २०२ औँ हप्तामा टोखा नगरपालिका–११ स्थित मनोहर तीर्थमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । 

यसैगरी मनोहरा सफाइको ७३ औँ हप्तामा जडीबुटीस्थित नदी क्षेत्रमा सफाइ गरी एक मेट्रिक फोहर व्यवस्थापन गरियो । चक्रपथ सफाइको ७१ औँ हप्तामा ठूलो भ¥याङबाट स्वयम्भूसम्म सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा तीनै सुरक्षा निकायलगायत अभियानकर्मी गरी ४५० भन्दा बढीको सहभागिता रहेको संयोजक लोकबहादुर टण्डनले राससलाई बताउनुभयो । 

चक्रपथ बाफल खण्ड सफाइको ५३ औँ हप्तामा सीतापाइलास्थित मनमोहन अस्पतालअघिबाट हलचोकसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । उपत्यकाका धेरै स्थानमा फोहर नउठे पनि शनिबारको सफाइ अभियानमा जम्मा भएको फोहर भने उठाइएको अभियानकर्मीले जनाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक