२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा अविरल बर्षाले ठाउँ ठाउँमा पहिरो जाँदा आवत जावतमा समस्या

३ भाद्र २०७५, आईतवार १०:०२

नन्द बहादुर रोकाया, भदौ ३, मुगु । वर्षा यामसंगै भईरहेको अविरल वर्र्षाका कारण आएको बाढि पहिरोले जिल्लाभर आवत जावतमा समस्या भएको छ ।वर्षाका कारण जिल्ला भरबाट सदरमुकाम जोड्ने मुख्य बाटोहरु मा पहिरो जाँदा सदरमुकाम तथा स्थानीय क्षेत्रमा आवतजावत गर्न समस्या सि८र्जना भएको छ । खत्याड गाउँ पालिकाको पैंखु पानी देखि निगाली बोट सम्म दर्जनौं स्थानमा पहिरो जाँदा मान्छेलाई समेत आवत जावतमा समस्या भएको छ ।


वर्षाका कारण नाग्म गमगढी सडक अबरुद्ध भएको छ भने जुम्ला गोठि ज्युउला देखि मुगुको गम्था सम्मको सडक यातायात समेत हप्तौ देखि अबरुद्ध भएको छ ।त्यस्तै मुगु सदरमुकाम गमगढी देखि धैन धुलाचौर सडक खण्ड अन्र्तगत रारा कच्च ेसम्मको १७ किलोमिटर सडकमा समेत ठाउँ ठाउँमा पहिरो खस्दा मान्छेलाई आवत जावतमा समस्या उत्पन्न भएको छ पहिरोका कारण सदरमुकाम गमगढी र उत्तरी सोरु गाउँ पालिका साविकका सात गाविस बिच आवत जावतमा कठिनाई भएको साविकको फोतु गाविस लिब्रु गाउँका अंगबहादुर शाहीले बताउनुभयो ।त्यस्तै गमगढी नाक्चे लाग्ना सडक खण्डको छाईल गाउँसम्म खनिएको १६ किलोमिटर सडक समेत वर्षाका कारण ठाउँ ठाउँमा भत्किए पछि आवत जावतमा निकै समस्या भएको छ ।


यो वेला तिब्बतसंगको नाका खुल्ला भएको र मुगुका स्थानीयवासी र तिब्बती विच व्यापारिक कारोवार हुने तथा व्यापारिक सामान आयात निर्यातका लागि घोडा, खच्चड, चौरि लैजाने भए पनि वर्षाका कारण बाटो भत्किदा मान्छेलाई समेत हिडडुल गर्न समस्या भई रहेको मुगुम कार्मारोङ्ग गाउँपालिका पुलुका स्थानीयवासी गुरुछोर्देन लामाले बताउनुभयो ।सदरमुकाम गमगढी नाग्म सडक खण्ड अन्र्तगत गमगढी झ्यारीसम्मको सडक बन्द छ भने वर्षाकै कारण गमगढी पिनासम्मको सडकमा ठाउँ ठाउँमा पहिरो जाँदा आवत जावतमा समस्या भएको छ । ताल्च विमान स्थलको नहरबाट आएको वर्षाको पानीले छायानाथ रारा नगरपालिका वडा नम्बर ४ र ५ का करिब पाँच सय घर धुरी रहेका वस्ती जोखिममा परेका छन भने हजारौ वर्ग मिटर खेती योग्य जमिन बगाएको छ । यता गमगढी नाग्म सडक खण्ड अन्र्तगत सदरमुकाम गमगढी स्थित नेपाली सेनाको सदरमुकाम सुरक्षा वेश क्याम्प देखिको सडकको ढल जिल्ला अस्पताल माथी तुडुखोलामा मिसाईदा जिल्ला अस्पताल र आसपासका वस्ती तथा खेति योग्य जमिन, छायानाथ रारा नगरपालिका वडा नम्र ३ ईमा गाउ र खेति योग्य जमिन बाढी पहिरोको उच्च जोखिममा परेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का