२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुकी संहिता लागु गराउँछौँ : एसपी

२०७५, ३ भाद्र आईतवार १५:३१

 भदौ ३, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले अपराधमुक्त समाज बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । समाजमा शान्ति स्थापना गर्नु प्रहरी प्रशासनको दायित्व भएकोले त्यसका लागि समाजमा हुने आपराधिक गतिविधि अन्त्यका गर्न आफूहरु अहरोत्र खटिने आश्वासन उनले दिएका छन् । एक हप्ता अघि मात्र सरुवा भएर जिल्ला प्रहरी कार्यालय सुर्खेतको जिम्मेवारी सम्हालेका एसपी रजौरेले प्रहरीलाई देखेर जनता नभई अपराधी डराउने वातावरण सृजना गरेर छाड्ने उद्घोष गरेका छन् ।


‘जनता हाम्रो काम कारवाहीबाट डरानु हुँदैन, तर अपराध गर्नेहरु डराउनैपर्छ ।’ रजौरले भने, ‘अपराधको अनुसन्धान र नियन्त्रणलाई मुख्य बनाएर हामी कामहरु बढाउनेछौँ । यसमा सुर्खेतीको साथ र समर्थन पाउनेमा ढुक्क छु ।’ अपराध अनुसन्धानसँगै त्यसको नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रमहरुलाई पनि विशेष प्राथमिकतामा राख्ने रजौरेको भनाई छ । भदौ १ गतेदेखि लागु भएको नयाँ मुलुकी ऐन संहितालाई पूर्ण रुपमा लागु गराउने विश्वास व्यक्त गरे । ‘अहिलेको नयाँ कानुन पहिलेको जस्तो सहज छैन, यसले अपराध गर्नेहरुलाई नियन्त्रणमा राख्छ, त्यही कार्यान्वयनका लागि हामी आफ्नो तर्फबाट काम गर्छौँ’ रजौरेले भने । मुलुकी संहिता कसरी कार्यान्वय गर्ने भन्ने विषयमा छलफल जारी राखेकाले केही दिनमा देखिने कामहरु अघि बढाउने बताए । उनले जिल्लामा बढ्दो मात्रामा देखिएको आत्महत्याका घटना न्यूनिकरण गर्ने समेत बताए । जुवातास नियन्त्रणको लागि पनि सुर्खेत प्रहरी कडाईका साथ लाग्ने एसपी रजौरेको भनाई छ । नयाँ लागु भएको मुलुकी संहिता बारे बताउँदै उनले भने, ‘आत्महत्याको प्रोत्साहन गर्ने र जुवातास खेल्नेहरुको लागि अहिलेको कानुन कडा छ, जसले यस्ता गतिविधिहरु नियन्त्रण हुनेछन् ।’

सुर्खेतका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जिल्लामा शान्ति स्थापनालाई प्राथमिकता दिएर अघि बढ्ने बताए । एक हप्ता अघि मात्र सुर्खेत सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी यादवले जिल्ला प्रशासनको मातहतमा रहेका इलाका प्रशासन कार्यालय बावियाचौरमा एक हप्ताभित्र कर्मचारीहरु पठाउने व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी