2026-07-24 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रानीपोखरी पुनःनिर्माण विज्ञको सिफारिसबमोजिम गर्न माग

भदौ ४, काठमाडौँ | रानीपोखरी पुनःनिर्माण विज्ञ समूहको सिफारिस बमोजिम गर्नुपर्ने जनाउँदै सम्पदा बचाऔँ अभियानले काठमाडौँ महानगरपालिकासँग पुनः माग राखेका छन् । 

अभियानकर्मीले केही दिनअघि सो सम्बन्धमा पुरातत्व विभागलाई ज्ञापनपत्र बुझाएका थिए । गत आइतबार कामपा उपप्रमुख हरिप्रभा खड्गीलाई पनि ज्ञापनपत्र बुझाउँदै अभियानले रानीपोखरी पुनःनिर्माण गर्दा विज्ञ समूहको सिफारिसबमोजिम काम गर्न आग्रह गरेको थियो । 

“रानीपोखरीलाई मल्लकालीन शैलीमा पुनःनिर्माण गर्ने यो एउटा अवसर पनि हो, विज्ञहरुको समूहले एक किसिमको निर्णय निकालिसकेको अवस्था छ, त्यो नै उपयुक्त विकल्प हो, अबको केही दिनमा नै निर्माण कार्य सोहीबमोजिम शुरु गर्नुपर्छ” ज्ञापनपत्रमा भनिएको छ । 

ज्ञापनपत्र बुझ्दै उपप्रमुख खड्गीले सम्पदाप्रेमी र स्थानीय भावनाबमोजिम रानीपोखरी पुनःनिर्माण हुनेमा विश्वस्त हुन आग्रह गर्नुभयो । यसअघि विज्ञ समूहले कामपा प्रमुख विद्यासुन्दर शाक्यलाई पनि ज्ञापनपत्र बुझाएको थियो । 

यसैगरी गत बिहीबार सम्पदाप्रेमीको टोलीले पुरातत्व विभागका महानिर्देशक भेषनारायण दहालसमक्ष ज्ञापनपत्र बुझाएको छ । उक्त अवसरमा अभियानकर्मी गणपतिलाल श्रेष्ठले विज्ञ समूहको प्रतिवेदनबाट स्थानीयवासी विश्वस्त भएर बसेकाले सोहीअनुरुप रानीपोखरीको पुनःनिर्माण गरिनुपर्छ भन्नुभयो । 

विवेकशील साझा पार्टीका तर्फबाट रञ्जु दर्शनाले कामपा र विभागबीच बेमेलले गर्दा ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण हुन नसकेको बताउँदै । विसं २०७२ को भूकम्पका कारण रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा पनि क्षति पुगेको जसको स्वरुप ग्रन्थकूटशैलीको थियो । 

पुनःनिर्माणलाई प्रभावकारी र सहज बनाउनका लागि गत पुस १३ गते विज्ञ समूह गठन गरिएको थियो । उक्त विज्ञ समूहले कामपालाई प्रतिवेदन बुझाउने क्रममा प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने भन्दै सोहीअनुरप निर्माण गर्न सुझाव दिएका थिए । प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्रका नाममा न्हुपुखु(नयाँ पोखरी) बनाएका थिए । पोखरी पाँच वर्ष लगाएर बनाई नेसं ७९० (विसं १७२७)मा शिलापत्र राखिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक