पूर्णप्रसाद न्यौपाने/ असोज ५, ओखलढुंगा
। ओखलढुगांमा होटल ब्यबसायी संघ गठन भएको छ । श्रीगञ्ज होटल एण्ड लजका प्रोपाईटर थगेन्द्रराज
राईको अध्यक्ष्यतामा ११ सदस्य समिती गठन भएको हो । होटल व्यबसायलाई व्यबस्थित बनाउँदै पर्यटन प्रवद्र्धन
गर्ने उद्धेश्यले जिल्लामा ईतीहाँसमै पहिलो पटक होटल व्यवसायीसंघ गठन गरेको संघका अध्यक्ष थगेन्द्रराज
राईले बताउनुभयो । सामुहिक सहकार्यबाट जिल्लाको होटल व्यवसाय व्यवस्थापन र पर्यटन प्रवद्र्धनमा टेवा
पुग्ने उहाँको विश्वास छ ।
संघको उपाध्यक्ष्यमा कमला राई,
सचिवमा श्याम तामाङ कोषाध्यक्ष्यमा बिजय तामाङ रहनु भएको छ । संघको कार्यालय समेत रमाईलो डाँडा स्थित
बसपार्क नजीकै स्थापना भईसकेको छ । जिल्लामा रहेका सम्पुर्ण होटल, गेष्ट हाउस रेष्टुरेन्ट, खाजा घर, तथा
चिया पसलहरुलाइ सदस्यता लिएर सहकार्य गर्न होटल व्यवसायीसंघले आग्रह गरेको छ ।