२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकका ४८ प्रतिशत भूकम्पपीडित अझै टहरामा

७ भाद्र २०७५, बिहीबार ०९:५२

भदौ ७, चौतारा | भूकम्प गएको ४१ महिना बितिसक्दा पनि अति प्रभावित सिन्धुपाल्चोकमा हालसम्म ५२ प्रतिशतले मात्र नयाँ घरमा बस्न पाएका छन् भने ४८ प्रतिशत पीडित परिवारले अझै पनि टहरोमा नै कष्टकर जीवन बिताइरहेका छन् । 

जिल्लामा कूल लाभग्राही ८६ हजार ९७१ परिवारमध्ये ४४ हजार ७३४ परिवारले मात्र नयाँ घर निर्माण गरी बसिसकेका छन् । ७७ हजार ५८२ परिवारले निर्माण कार्य शुरु गरेका र नौ हजार ३८९ परिवारले अहिलेसम्म घर निर्माण शुरु नै नगरेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका निमित्त प्रमुख इञ्जिनियर टङ्क गौतमले बताउनुभयो । 

उहाँका अनुसार हालसम्म ७६ हजार १७७ परिवारको दोस्रो र ४८ हजार परिवारको तेस्रो किस्ता सिफारिश गरिसकिएको छ । जिल्लामा शुरुको अवस्थामा ७८ हजार ५३७ परिवार लाभग्राहीको सूचीमा थिए । गुनासोमा दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएपछि लाभग्राही सूचीमा पनि वृद्धि भई ८३ हजार ९७१ पुगेको हो । २०७४ मङ्सिर मसान्तसम्म गुनासोमा दर्ता गर्नेको सङ्ख्या २३ हजार ९५८ मध्ये आठ हजार ४३४ परिवारले अनुदान पाउने निर्णय भएको र बाँकीको टुङ्गो लाग्न बाँकी भएको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जानकारी दिएको छ । 

भूकम्पबाट अति प्रभावित १४ जिल्लामध्येको सिन्धुपाल्चोकका विभिन्न स्थानमा बसोबास गर्दै आएको कतिपय परिवारको जमीन पहिरो गएको तथा जमीन भास्सिएर चिरा परी बस्नै नहुने अवस्थाका छन् । अति जोखिममा रहेका ६९३ परिवारमध्ये १५३ परिवारलाई रु दुई लाखका दरले उपयुक्त ठाउँमा घडेरी खरीद गरिएको छ र बाँकीको हकमा चाँडै टुङ्गो लगाइने स्थानीय पूर्वाधार कार्यालयप्रमुख जिल्ला इञ्जिनियर माधवजङ्ग कार्कीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य