<p><b>काठमाडौँ, ७ भदौ | </b>नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले वन्यजन्तुको आखेटोपहारसहित दुई जनालाई पक्राउ गरेको छ । <br></p><p>व्यूरोले काठमाण्डौ टोखा नगरपालिका–१० सामाखुशी चोकबाट आखेटोपहारसहित पक्राउ परेका उनीहरुलाई आज सार्वजनिक गरेको हो । कस्तुरीको बिना एक थानसहित काठमाडाँै तारकेश्वर नगरपालिका–१ का विजय लामा तथा नुवाकोट शिवपुरी गाँउपालिका–६ का सन्तोषकुमार तामाङलाई ब्यूरोले बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । </p><p>लामा रेडपाण्डाको छालासहित पक्राउ परी केही समयअघि मात्र जिल्ला अदालत काठमाडौँबाट रु पाँच लाख धरौटीमा छुटेका व्यक्ति रहेको ब्यूरोका प्रवक्ता प्रहरी नायब उपरीक्षक सानुराम भट्टराईले जानकारी दिनुभयो । पक्राउ परेका दुवैलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार मुद्दा चलाइने ब्युरोले जनाएको छ । रासस</p>
August 23, 2018
काठमाडौँ - KTM, नुवाकोट - NWK, समाज
नुवाकोटका एक युवकसहित दुई जना काठमाण्डौबाट पक्राउ
By kit
2 मिनेट पढाइ










