२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैभवशाली बिम्स्टेक बनाउने प्रयासमा शीर्ष नेतृत्व

२०७५, ८ भाद्र शुक्रबार ०७:५०

शरच्चन्द्र भण्डारी | भदौ ८, काठमाडौँ | बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) लाई वैभवशाली बनाउन आगामी साता सात देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुखको शिखर सम्मेलन काठमाडौँमा हुँदैछ । 

दक्षिण एशियाली पाँच र दक्षिणपूर्वी एशियाली दुई मुलुकको उपक्षेत्रीय सङ्गठन बिम्स्टेकको चौथो शिखर सम्मेलनले क्षेत्रीय कूटनीतिमा दूरगामी प्रभाव पार्ने अपेक्षा गरिएको छ । सम्मेलनबाट नेपालको सकारात्मक छवि अन्तर्राष्ट्रिय तहमा उजागरमात्र नभई कूटनीतिक सामथ्र्य पनि मुखरित हुनेछ । 

क्षेत्रीय सहयोग विस्तारका साथै नेपालको परराष्ट्र नीतिका अन्तर्वस्तु अभिव्यक्त गर्ने उपयुक्त स्थलका रुपमा बिम्स्टेकलाई चित्रण गर्नुहुन्छ पूर्व राजदूत दिनेश भट्टराई । क्षेत्रीयस्तरमा नेपालको राष्ट्रिय हित र स्वार्थको प्रवद्र्धन तथा सहयोगात्मक साझेदारीका निम्ति बिम्स्टेकजस्ता सम्मेलनले कूटनीतिक फाँटमा दूरगामी प्रभाव पार्ने अभिमत उहाँ प्रकट गर्नुहुन्छ । सम्मेलनबाट नेपालको कूटनीतिक प्रभाव र छवि अझ उज्ज्वल हुने पूर्व राजदूत भट्टराई बताउनुहुन्छ । 

एशिया महादेशका गतिशील एवं विकासका प्रचुर संभावनायुक्त दुई क्षेत्र दक्षिण एशिया र दक्षिण पूर्वी एशियाको विकासको सेतुका रुपमा स्थापित भइरहेको छ बिम्स्टेक । दक्षिण एशियाका पाँच र दक्षिणपूर्वी एशियाली दुई देशको साझा संस्था बिम्स्टेक क्षेत्रीय सहयोग प्रवद्र्धन तथा साझेदारीलाई सफलतापूर्वक अघि बढाउने माध्यम बन्न सक्छ किनकी हिमच्छादित सेता हिमालदेखि नभ झै नीला समुद्रसहित विविध भूबनोट भएको यो क्षेत्र पर्यटन विकासको अथाह सम्भावनाले भरिपूर्ण छ । प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता एवं मानव संशाधनले परिपूर्ण बिम्स्टेकका सदस्य देश पुरातात्विक एवं ऐतिहासिक सम्पदाले वैभवशाली छन् । पर्यापर्यटन र बौद्ध परिपथजस्ता धार्मिक पर्यटन प्रवद्र्धन गर्दै सदस्य राष्ट्र«का राष्ट्रिय सम्पदा र सम्पत्तिको भरपूर उपयोग गर्ने एकमात्र माध्यम पर्यटन विकास भएकाले चौथो शिखर सम्मेलनमा प्रस्ताव हुने बिम्स्टेक विकास कोष सहयोगी हुनसक्छ । 

मुलुकलाई शान्ति, समृद्धि र दिगोपनातर्फ उन्मुख गराउने एकमात्र ध्येय र उद्देश्यले स्थापना भएको यो उपक्षेत्रीय सङ्गठन आर्थिक समृद्धि र सामाजिक प्रगतिका दृष्टिले अझै पछाडि छ– दक्षिण पूर्वी एशियाली राष्ट्र«हरुको सङ्गठन आशियानको तुलनामा । चरम गरिबीले यस क्षेत्रका देशलाई गाँजेको छ जसलाई जरैदेखि निमिट्यान्न पारेर द्रुत आर्थिक विकास र सामाजिक उन्नयन गर्नु सङ्गठनको लक्ष्य र उद्देश्य बनेको छ । 

आफ्ना देशका नागरिकको चौतर्फी समृद्धिमा केन्द्रित बिम्स्टेकका दूरदर्शी नेतृत्वले उनीहरुको जीवनमा प्रत्यक्ष सरकोकार भएका व्यापार, लगानी, पर्यटन, ऊर्जा, यातायात तथा सञ्चारका क्षेत्रमा साझेदारी र सहकार्य गर्दै आएको छ । त्यस्तै जलवायु परिवर्तन र त्यसका दुष्परिणामप्रति सबैलाई सजग तुल्याउँदै आएको छ । 

दुई वर्षअघि भारतको गोवामा भएको बिम्स्टेकको शीर्ष नेतृत्वले अनौपचारिक छलफलका क्रममा अर्थतन्त्रको मेरुदण्ड र जीवनयापनको आधार कृषि क्षेत्रको विकासमा गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै खाद्यसुरक्षा, बाली विविधीकरण, पशुपालन, फलफूल तथा सागसब्जी खेती प्रवद्र्धनमा जोड दिएको थियो । स्थापनाकालमा निर्धारण भएका १४ वटा सहयोगका क्षेत्रलाई औचित्य, प्रभावकारिता र आवश्यकताका आधारमा घटाउँदै जनसरोकारका खासखास क्षेत्रमा केन्द्रित हुन उच्च नेतृत्वले त्यस्तो निर्णय गरेको हो । सम्पर्क र सम्बन्ध विस्तार, गरिबी घटाउने, व्यापार तथा लगानी बढाउने, जलविद्युत्का क्षेत्रमा सहकार्य गर्ने तथा जलवायु परिवर्तन र त्यसले निम्त्याएका दुष्परिणाम रोक्न साझेदारी गर्ने प्राथमिकताका पाँच क्षेत्रमा केन्द्रित भएको छ । चौथो शिखर सम्मेलनमा त्यसबारेमा पनि गहन छलफल भइ निष्कर्ष निस्कने अपेक्षा गरिएको छ । 

सदस्य मुलुकको साझा समृद्धि र विकास, क्षेत्रीय सम्बन्ध र मैत्रीको भावना प्रवद्र्धन, वाणिज्य, व्यापारका खातिर स्थल, जल र हवाईमार्गबाट एकआपसमा सम्पर्क विस्तार, जनस्तरमा पनि सम्बन्ध र सम्पर्क बढाउँदा एकअर्का देशका नागरिकबीच समझदारी बढ्नेमात्र नभई पारस्परिक साझेदारी एवं सहयोगमा टेवा पुग्ने वास्तविकता बिर्सनु हुँदैन । प्रभावकारी एवं परिणाममुखी क्षेत्रीय सहयोग तब मात्र संभव हुन्छ जब सदस्य देशबीच सघन सम्पर्क र सम्बन्ध दिगो रुपमा स्थापित हुन्छ । 

पर्यटन, उद्योग र औद्योगिकीकरणका प्रतिफल यस्तै सम्बन्ध र सम्पर्क विस्तारबाट प्राप्त हुने भएकाले चौथौ शिखर सम्मेलनले यी विषयलाई उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्नै पर्छ । 

सम्पर्क र सम्बन्धका सबै आयाम विस्तार गर्न राष्ट्र« र क्षेत्रीयस्तरमा विशेष प्रयास नभएसम्म ‘कनेक्टिभिटी’ कुरामा सीमित हुने भएकाले त्यसो हुन नदिन सबै सदस्य मुलुकबीच मतैक्यता अपरिहार्य हुन्छ । नेपालजस्तो भूपरिवेष्टित देशका निम्ति यसको महत्व अपरीमेय छ । 

व्यापार र लगानी प्रवद्र्धन क्षेत्रीय सहयोगका अति महत्वपूर्ण पक्ष हुन् । बिम्स्टेकले सर्वाधिक महत्व दिएका सहयोगका क्षेत्र पनि यी नै हुन् । आर्थिक वृद्धिको बाहक व्यापार तथा लगानी भएकाले वैभवशाली बिम्स्टेकका निम्ति ती अनिवार्य पूर्वशर्त हुन् । विशाल अर्थतन्त्र ओगटेको बिम्स्टेक क्षेत्रमा अन्तरक्षेत्रीय व्यापार विस्तारका अथाह अवसर छन् तर त्यस्तो व्यापार चार प्रतिशतभन्दा माथि पुग्न सकेको छैन । अवरोधरहित व्यापार प्रणाली लागू गर्न स्वतन्त्र व्यापार क्षेत्रसम्बन्धी सम्झौता गर्न सदस्य देशबीच २० औँ पटक सघन संवाद भएपनि त्यो टुंगिएको छैन । चौथो शिखर सम्मेलनले यसलाई अन्तिम रुप दिन आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ । वस्तुको व्यापारमा भन्सार सहुलियत, भन्सारसम्बन्धी सहयोग आदानप्रदान, सेवाको व्यापार, लगानी सहायता तथा विवाद समाधान प्रक्रिया तथा संयन्त्र, व्यापार सहजीकरणलगायत विषय उक्त समझदारीमा समेटिएका छन् । 

बिम्स्टेक मुलुकमा प्रत्यक्ष वैदेशिक लगानीको अवस्था पनि त्यति उत्साहजनक छैन । भौतिक पूर्वाधार निर्माण तथा औद्योगिकीकरणका निम्ति आवश्यक पर्ने ठूलो धनराशी वैदेशिक लगानीबाट मात्र सम्भव हुने भएकाले त्यसनिम्ति गम्भीर प्रयास हुन जरुरी छ । अपर्याप्त आन्तरिक स्रोत र साधनका कारण बिम्स्टेक राष्ट्र«को आर्थिक वृद्धिको गति सुस्त छ । रोजगारीका अवसर खुम्चिएका छन् । भारत र थाइल्याण्डको आर्थिक उन्नयन अन्य सदस्य राष्ट्र«कोे तुलनामा अधिक भएपनि गरिबीले तिनलाई गाँजेकै छ । बिम्स्टेक क्षेत्रभित्र र बाहिरबाट बाह्य लगानी भित्र्याउने चुनौती पनि सङ्गठनका काँधमा थपिएको छ । 

दिगो विकासको संवाहक ऊर्जा क्षेत्र बिम्स्टेकको आश लाग्दो विधा हो । ‘बिम्स्टेक टान्सग्रिड कनेक्टिभिटी’मा भएको समझदारी र हस्ताक्षरको चरणमा रहेको त्यो समझदारीले अब क्षेत्रीय ऊर्जा प्रवद्र्धनमा सघाउ पुग्नेछ । स्वच्छ ऊर्जाको विकासलाई केन्द्रमा राखेर सदस्य मुलुकले पारस्परिक लाभका खातिर ऊर्जा उत्पादनसँगै सहजरुपमा खरिदबिक्रीका लागि मार्ग प्रशस्त हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ