२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

विद्याकालीकाले बनायो जिल्लामै नमुनाः टिएलसी

१४ आश्विन २०७२, बिहीबार २१:४२

Biddhya kalikadevi
okhaldhunga

पूर्णप्रसाद न्यौपाने
। असोज १४, ओखलढुंगा । ओखलढुंगााको माधबपुर स्थीत बिद्याकालीका देबि निमाबिले जिल्लामा नै नमुनाको
अस्थायी शिक्षण केन्द्र निमार्ण गरेको छ । वातावरण संरक्षण शिविर ललितपुर,सहास नेपाल र जिल्ला शिक्षा
कार्यालय ओखलढुंगाको आर्थिक सहयोगमा जिल्लाकै सबै भन्दा राम्रो अस्थाई शिक्षण केन्द्र टिएलसी निमार्ण
गरेको हो ।

टिएलसी निमार्णका लागी २ लाख २ हजार ५ सय रुपैया
सहयोतग भएको तथा सौचालय निमार्णका लागी २ लाख ३० हजार १ सय ८१ रुपैया सहयोग भएको बिद्यालयका
प्रध्यानाअध्यापक होमनाथ बास्तोलाले बताउनु भयो । उक्त रकमबाट ३ ओटा टिएलसी भबन तथा ६ ओटा सौचालय भबन
निमार्ण गरिएको प्रअ बास्तोलाको भनाई छ ।

उक्त शिक्षण केन्द्रको
आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । अहिले सम्म जिल्लाका सबै विद्यालयले निर्माण सम्पन्न गरेका
टिएलसी भन्दा आफ्ना विद्यालयमा निर्माण भएको टिएलसी सबै भन्दा राम्रो रहेको विद्यालयले दावी गरेको छ ।
भने कार्यक्रममा उपस्थित सरोकारवालाहरुले पनि जिल्लाकै नमुना टिएलसी निर्माण भएको भन्दै चर्चा गरेका थिए
। टिएलसी उद्घाटन कार्यक्रमकै अवसरमा भूकम्पको विपत् पछि सहयोग गर्ने संघ संस्था निकायमा आवद्ध
सरोकारवालाहरुलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

Biddhya kalikadevi okhaldhunga 2

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा जिल्ला शिक्षा अधिकारी बिजय प्रसाद आचार्यले बिपद्को
समयमा पनि शैक्षिक क्षेत्रमा यति धेरै गुणस्तरीयता आउनु सुखद् भएको भन्दै बिद्यालयलाई धन्यवाद दिनुभयो ।
उहाँले बिद्यालयका लागी जिल्ला शिक्षा कार्यलयले जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको प्रतिवद्धता
जनाउनुभयो । कार्यक्रममा सहयोगी हातहरुको समुह सहास नेपालका जिल्ला संयोजक टंक गौतमले विद्यालयको
विकासका लागि कार्यरत शिक्षक,विद्यार्थी र व्यवस्थापन समिति नै बढि जिम्मेवार हुने बताउनुभयो । उहाँले
आफुुले सँधै सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । अर्का अथिती तथा वातावरण संरक्षण शिविरका
प्रतिनिधी दिपेश गुरुङ्ले आफुहरुले उपलब्ध गराएको रकम सहि सदुपयोग गर्दै जिल्लामै नमुना टिएलसी निर्माण
गरेकोमा धन्यवाद दिँदै शैक्षीक विकासको शुभकामना दिनुभयो ।

कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधि,बुद्धिजिबी, पत्रकार,सञ्चारकर्मी,शिक्षक तथा
बिद्यार्थिहरुको सहभागीता रहेको थियो । जिल्लाक धेरै ठाउमा टिएलसी निमार्णमा अनियमितता भएको तथा निमार्ण
भएका टिएलसी निर्माणका नाममा आखाँमा झारो टार्ने काम मात्र भएको भन्ने गुनासाहरु आईरहेको बेला
विद्याकालीकाले भने नमुना टिएलसी निमार्ण गरेको भन्दै सरोकारवालाहरुले चर्चा गरेका छन् । उक्त बिद्यालय
जिल्लाका सबै निमावी मध्येको उत्कृष्ट निमावी पनि हो । उत्कृष्टको सुचीमा रहने योजना सहित शैक्षीक विकास
र गुणस्तर सुधारका लागि प्रयास जारी राखेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला