२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा ६०औं प्रहरी दिवस मनाइयो

२०७२, ३० आश्विन शनिबार ०५:१८

असोज ३०, सल्यान । सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेले प्रहरीसंग सबैको समन्वय हुनुपर्ने बताएका छन ।

नेपालका प्रहरी वर्दी सहितका नागरिक हुन तर आम नागरिक वर्दि विनाका प्रहरी हुन भन्ने मान्यतााई सबैले बुझेर प्रहरीको कामलाई सबैले सहयोग गर्नुपर्ने भन्दै उनले त्यसकालागि सबैलाई चेतना हुनुपर्ने बताएका हुन ।

६० औं प्रहरी दिवशका अवसरमा जिल्ला प्रहरी कार्यालय सल्यानमा भएको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त प्रमुख जिल्ला अधिकारीको काम सम्हालेका उनले यस्तो बताएका हुन ।

दिवशका अवसरमा प्रहरी नायव उपरिक्षक भोला बहादुर रावलले समाज रहेसम्म प्रहरी रहने र प्रहरीको विकल्पमा मात्र प्रहरी हुने बताएका थिए । विधिको शाषणबाट निर्देशित ६० बर्षे इतिहास बोकेको नेपाल प्रहरी जनताको सुरक्षामा सदैव लागिरहने बताएका थिए ।

कार्यक्रममा सुरक्षा सम्झौता विहिन विषय भएकाले नागरिक सेवामा कुनै स्वार्थ, पुर्वाग्रह र विलम्ब हुन नहुने कुराको जानकारी गराइएको थियो ।
कार्यक्रममा एक बर्षको अवधिका राम्रो गर्ने प्रहरीका विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको जनाइएको थियो । सम्मान हुनेहरुमा प्रहरी नायव निरिक्षक प्रकाश खड्का, प्रहरी हवल्दारहरु जयराम सुनार, दयाराम सुनार, नमराज थापा मगर, दुर्गा घर्ती, प्रहरी जवानहरु गोपाल बोहरा, ओम बहादुर बुढा, भद्र बहादुर वि.क., कविराज कडेल रहेका छन ।

प्रहरी निरिक्षक विनोद खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन प्रहरी निरिक्षक सुरेश गौतमले गरेका थिए भने कार्यक्रममा प्रहरी संगठन प्रमुखले ६० औ प्रहरी दिवशका अवसरमा दिएको शुभकामना मन्तव्यको बाचन प्रहरी नायव निरिक्षक गणेश थापाले गरेका थिए ।

मल्लकाल देखि राजामहाराजाको सुरक्षा गर्ने गरि बनाइएको फौजी संगठनलाई २०१२ असोज ३० देखि प्रहरी ऐनले बैधानिक रुप दिएको दिनलाई प्रहरी दिवसको रुपमा मनाउदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह