२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

नहर बगाएपछि स्थानीयवासी अँध्यारोमा

२०७५, १२ भाद्र मंगलवार ०७:०६

भदौ १२, जाजरकोट | बाढी र पहिरोले विद्युत्को नहर बगाएपछि यहाँका चार हजारभन्दा बढी स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । जिल्लाको नलगाड नगरपालिकाको वडा नं २, ३, ४ र ५ को बीचमा रहेको झुर्मेखोलामा गत साउन २९ गते आएको बाढीले नहर बगाएपछि नलगाड नगरपालिकाका छ वटा लघुजलविद्युत् आयोजना बन्द भएका हुन्। 

बाढी पहिरोले आठ किलोवाटको सिलिपलाउन लघुजलविद्युत्, १५ किलोवाट सिलिपलाउन स्याँला धर्मशाला लघुजलविद्युत्, ४५ किलोवाटको बागमारे लघुजलविद्युत्, १५ किलोवाटको झुमराखोला लघुजलविद्युत्, १६ किलोवाट लहरेखोला लघुजलविद्युत् र १३ किलोवाट लहरे लघुजलविद्युत् आयोजनाको नहर र विद्युत् उत्पादनगृहमा क्षति पुर्याएपछि पूर्णरूपमा विद्युत् सेवा अवरुद्ध भएको हो । 

बाढीले कुलो, बाँधस्थल, विद्युत्गृहलगायत संरचनामा क्षति पुर्याएको छ। विद्युत् आपूर्ति बन्द हुँदा नलगाडको नगर उज्यालो कार्यक्रमसमेत प्रभावित भएको छ। बाढी पहिरोले छ लघुजलविद्युत्को नहर, विद्युत् गृह, बाँधस्थललगायतमा क्षति पुर्याएको छ। 

बाढीले सबै लघुजलविद्युत् आयोजनाको दुई सयदेखि तीन सय मिटर पक्की नहर बगाएको वडा नं ४ का अध्यक्ष प्रचण्ड ओलीले बताउनुभयो। विद्युत् आपूर्ति बन्द भएपछि नलगाड नगरपालिका २, ३, ४ र ५ वडाका चार हजार घरपरिवार विद्युत् सेवाबाट बञ्चित भएको नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । नलगाडअन्तर्गतका घुवारा, पीपलचौर, खन्टाकुरा, थाप्ला, कालिमाटी बजार, दल्लीलगायतका बासिन्दा विद्युत् उपभोगबाट वञ्चित भएका हुन्। 

विद्युत् अभावमा स्थानीय बासिन्दाका साथै सरकारी कार्यालय, वित्तीय संस्था, विद्यालयलगायत सङ्घसंस्थाको काम प्रभावित भएको छ। बाढी र पहिरोबाट यहाँका ८२ घरमा क्षति भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो । नलगाड नगरपालिकामा मात्र ५५ वटा घट्ट, सयाँै मुरीको धान खेतसमेत बाढीले बगाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो