2026-07-24 08:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोलिदेखि जोरबिजोर प्रणाली लागू हुँदै: कुन दिन कुन सवारी चल्न पाउँछ ?

भदौ १२, काठमाडौँ । आगामी १४ र १५ गते हुने बिमस्टेक बैठकलाई ध्यानमा राखेर बुधबारदेखि शुक्रबारसम्म काठमाडौँ उपत्यकाका निजी र सार्वजनिक सवारीमा जोर–बिजोर प्रणाली लागु हुँदैछ ।

बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्डका राष्ट्र प्रमुखहरुले भाग लिनेछन् । 

सम्मेलनका दौरान भीआइपीहरुको सवारी हुँदा ट्राफिक आवागमनमा असहज हुने भन्दै जोरबिजोर प्रणाली लागु गरिएको हो ।

भीभीआइपीको सवारी हुँदा कम्तिमा आधा घण्टा सडक प्रभावित हुनेछ ।

हाल काठमाडौँ उपत्यकाको सडकमा १ मिनेटमा औसतमा १३० वटा गाडी चल्ने गर्दछ । कोटेश्वर क्षेत्रमा त यो औसत २ सय रहेको छ । यसरी आधा घण्टासम्म सवारी आवगमन प्रभावित हुँदा अत्याधिक जाम हुने भएपछि जोरबिजोर प्रणाली लागू गर्नु परेको महाशाखाले जनाएको छ ।

यसअघि, सार्क सम्मेलन र भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा सार्वजनिक बिदा दिइए पनि यसपटक भने नेपाल सरकारले बिदा दिएको छैन । यसअघि बिदा दिँदा ब्यापकरुपमा विरोध भएपछि सरकारले बिदा नदिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १३ र १५ गते बिजोर नम्बर प्लेट भएका सवारी साधनहरु चल्न पाउनेछन् भने १४ गते जोर नम्बर प्लेट भएका सवारीहरु चल्न पाउनेछन् ।

यो नियम सरकारी सवारीमा भने लागू नहुने बताइएको छ । त्यस्तै, विशेष सुरक्षा पास लिएका सवारीहरुमा पनि यो लागू हुने छैन ।

महाशाखाका अनुसार १३ गते बुधबार र १५ गते शुक्रबार नम्बर प्लेटमा अन्तिम अक्षर विजोर १, ३, ५, ७ र ९ भएका निजी र सर्वाजनिक सवारी चल्न पाउनेछन् ।

१४ गते बिहिबार जोडी अक्षर भएका सवारी मात्र चल्न पाउनेछन् । जसमा नम्बर प्लेटको अन्तिम अक्षर ०, २, ४, ६ र ८ रहेका सवारी छन् ।

काठमाडौँ उपत्यकामा हाल करीब ११ लाख सवारी दर्ता रहेकोमा औसत ९ लाख सवारी सडकमा दौडन्छन् । जोरबिजोर प्रणाली लागू हुँदा ४ देखि ५ लाख गाडी हट्ने विश्वास महाशाखाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक