१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

होटल ब्यबसायी संघ ओखलढुगांको पहिलो साधारणसभा सम्पन्न

२२ आश्विन २०७२, शुक्रबार १२:४१

Hotel okhaldhunga

पूर्णप्रसाद
न्यौपाने । असोज २२, ओखलढुंगा । होटल ब्यबसायी संघ ओखलढुगांको पहिलो साधारण सभा आज सम्पन्न भएको छ ।
संघले स्थापना तथा आधिकारीक दर्ता भएको एक महिना पुरा नहुँदै आज पहिलो साधारण सभा गरेको हो । सम्पन्न
साधारण सभाले केहि समय अघि गठित तदर्थ समितिलाई पूर्णता दिएको छ । व्यापक छलफल र परामर्श पछि सह सचिवमा
कविता चौलागाई मनोनयन गर्दै तदर्थ समितिलाई साधारण सभाले पूर्णता दिएको हो ।

थगेन्द्रराज राईको अध्यक्ष्यतामा रहेको संघको उपाध्यक्ष्यमा कमला राई, सचिवमा श्याम
तामाङ कोषाध्यक्ष्यमा बिजय तामाङ लगाएतका रहनु भएको छ । साधारणसभाबाट जिल्लाका होटल व्यवसायलाई
व्यवस्थीत बनाउन अनुगमन र सल्लाहकार समिति समेत गठन गरिएको छ । जिल्लामा रहेका सम्पुर्ण होटल, गेष्ट
हाउस रेष्टुरेन्ट, खाजा घर, तथा चिया पसलहरुलाइ सदस्यता लिएर केहि समय भित्रै जिल्लामा होटल व्यवसाय
व्यवस्थापन र पर्यटन प्रवद्र्धनको ढोका खोल्ने होटल व्यवसायीसंघ ओखलढुंगाले जनाएको छ ।

यसैविच पर्यटन प्रवद्धनका लागि होटल व्यवसाय व्यवस्थीत बनाउन आवश्यक रहेको
ओखलढुंगामा आयोजीत एक कार्यक्रमका वत्ताहरुले जोड दिएका छन् । एक महिना अघि गठित होटल व्यवसायीसंघ
ओखलढुंगाले आज सदरमुकाममा आयोजना गरेको प्रथम साधरण सभा तथा शुभकामना आदान प्रदान कार्यक्रमका
वत्ताहरुले पर्यटन प्रवद्धनका लागि होटल व्यवसाय व्यवस्थीत बनाउन आवश्यक रहेको औल्याएका हुन्

होटल व्यवसायीसंघका अध्यक्ष थगेन्द्रराज राईको सभापत्तीत्व
तथा गैरसरकारी संस्था महासंघका अध्यक्ष सचनाराज भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने
राजनैतीक दलका नेता कार्यकर्ता तथा सरोकारवालाहरुले ओखलढुंगामा होटल व्यवसायीसंघको आवश्यकता वर्षौ
अघिदेखि महसुस भएको भएपछि भर्खर स्थापना भएको भन्दै अब संघले अपेक्षीत काम गर्न सक्नुपर्ने बताएका छन् ।
अधिकांश वत्ताहरुले पर्यटनको विकास गर्नु सरकारको दायीत्व भित्र पर्ने भएपनि होटल व्यवसायसँग पर्यटन
प्रवद्धनको पहिलो र मूख्य सम्बन्ध रहेको बताएका छन् । ओखलढुंगाका होटल तथा लजहरु अझैपनि व्यवस्थीत र
सरसफाई युक्त नरहेको भन्दै यसको व्यवस्थापनमा ध्यान दिन सरोकारवालाहरुले होटल व्यवसायीसंघलाई आग्रह
गरेका छन् ।

कार्यक्रममा सरकारी तथा गैरसरकारी संघ संस्था तथा
निकायका प्रतिनिधी व्यवसायी,बुद्धिजिवी पत्रकार,सञ्चारकर्मी लगाएतको उल्लेख्य उपथिती रहेको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका सभापती तथा होटल व्यवसायीसंघका अध्यक्ष थगेन्द्रराज राईले होटल व्यवसाय
राज्य सञ्चालनको एउटा मेरुदण्ड रहेको भन्दै जिल्लामा रहेका सबै होटल व्यवसायलाई कानुनी मापदण्डमा
ल्याउने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा सहभागिहरुले विजया दशमी तथा शुभदिपावलीको अवसरमा एक
अर्कामा शुभकामना आदान प्रदान समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै आजदेखि सकियो दसैँ बिदा, सरकारी कार्यालय खुल्दै