2026-07-25 01:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जोर विजोर नियम लागु हुँदा मनपरी भाडा असुली

भदौ १५, काठमाडौँ | सरकारले जोर विजोर सवारीसाधन चलाउने नियम लागू भएको अवसर पारेर ट्याक्सी तथा सार्वजनिक यातायातमा मनपरी भाडा असुलिएको यात्रुको गुनासो छ । 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) चौथो सम्मेलनमा भाग लिन आउने सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत अतिथिको आवागमनलाई सहज बनाउन जोर विजोर प्रणाली भदौ १३ गतेदेखि लागू भएको हो । यो प्रणालीका कारण सडकमा कम सवारीसाधन चलिरहेका छन् । कम सवारीसाधन चलेका बेला सार्वजनिक यातायातमा मनपरी भाडा असुलिएको यात्रु रामबहादुर थापाले बताउनुभयो । 

“सार्वजनिक यातायातमा सकेजति भाडा असुली भइरहेको छ, ट्याक्सी मिटरमा हिँड्न मान्दैनन्, मन लागे जति माग्छन्, बिरामी परेर अस्पताल जानेलाई पनि सवारीसाधन पाउन मुस्किल छ, नियामक निकायले निरीक्षण गरेको छैन”–उहाँले भन्नुभयो । विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई राज्यले दिएको सहुलियतको नियम पनि सार्वजनिक यातायातले पालना गरेका छैनन् । यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यकुमार ढकाल नियमित अनुगमन भइरहेकाले बढी भाडा असुल्नेलाई कारवाही गरिने बताउनुहुन्छ । 

बढी भाडा लिने सवारीसाधन नम्बर महानगरीय ट्राफिक प्रहरी महाशाखाको फोन नं १०३ र विभागको नम्बरमा पनि सम्पर्क गरी टिपाउन सकिने विभागले जनाएको छ । ती सवारीसाधन चालकलाई ट्राफिक प्रहरीले रु पाँच हजारसम्म कारवाही गर्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक