२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटमा खोलाले बगाएर श्रीमान श्रीमतीको मृत्यु

२०७५, १६ भाद्र शनिबार ०६:१२

भदौ १६, जाजरकोट | रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिकामा खोलामा बगेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–८ दुलिदुलिखाका ५० वर्षीय अमृत घर्ती र उहाँकी श्रीमती ४८ वर्षीया तुलसा घर्तीको बाँफिकोटको बडगाई खोलामा बगेर मृत्यु भएको हो । 

खोलामा रहेको काठको पुल तर्ने क्रममा चिप्लिएर बगेका घर्ती दम्पतीमध्ये श्रीमान अमृतको शव शुक्रबार बेलुकी फेला परेको थियो । बगेको भन्दा करीब दुई सय मिटर तल उहाँको शव फेला परेको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ । 

त्यस्तै श्रीमती तुलसाको शव भने शनिबार बिहान ७ बजेतिर फेला परेको छ । खोजी गरिरहेका स्थानीय र प्रहरीको टोलीले बगेको भन्दा करीब १५० मिटर तल शव फेला पारेको वडा नं ८ का वडासदस्य भीमबहादुर बाँठाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा