४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुगामा सञ्चालीत होटलहरु बन्द हुने अबस्थामा

१३ कार्तिक २०७२, शुक्रबार २०:२३

पूर्णप्रसाद न्यौपाने/कात्तिक १४, ओखलढुंगा । ओखलढुगामा
सञ्चालीत होटलहरु बन्द हुने अबस्थामा पुगेका छन् । भारतले गरेको भनिएको अघोषित नाकाबन्दी तथा लामो समयको
तराई बन्दको प्रभाव ओखलढुंगाको होटल व्यवसायमा पनि परेको हो ।

तराइबाट आयात हुने उपभोग्य सामाग्री तथा ग्यासको चरम अभाव भएपछि होटल सञ्चालनमा समस्या आएकोले
जिल्लामा सञ्चालीत होटलहरु बन्द हुने अवस्थामा पुगेको होटल व्यवसायीसंघ ओखलढुंगाका अध्यक्ष थगेन्द्रराज
राईले बताउनुभयो ।

‘अहिले होटलमा गेष्टहरु नआइदिँदा पनि चिन्ता
छ, आइहाले भने झनै समस्या छ’ राईले भन्नुभयो ‘ग्यासको विकल्पमा दाउराको प्रयोग गरीएको छर तर दाल चामल
नुन तेल लगाएतका दैनिक उपभोग्य सामग्र्री बजारमा उपलब्ध हुन छोडेपछि होटल ब्यबसाय ठप्प हुने अवस्थामा
पुगेको छ ।’ इन्धन र आवश्यक खाद्यन्न अभावले ग्राहकलाई सेवा दिन नसक्दा अधिकांश होटल व्यवसायीको यस्तै
नियति बनेको छ ।

अहिले सम्म स्टक रहेको सामग्रीले जसोतसो
ब्यवसाय संचालन गरेको भएपनी स्टक रहेको सामग्री समेत सकिएको र बजारमा सामग्रीको अभावले होटल खोल्नेकी
बन्द गर्ने भन्ने अन्यौलता छाएको होटल व्यवसायीहरुको भनाई छ । ‘ग्राहक नआउँदा पनि किन आएनन् भनेर चिन्ता
हुन्छ, आइहाले भने पनि किचनमा ग्यास छैन, गाडीमा तेल छैन, कसरी सेवा दिने भनेर तनाव हुन्छ’ एक
व्यवसायीले भने‘यो समस्या लम्बियो भने होटल बन्द गर्नुको बिकल्प छैन ।’
यसैविच होटल व्यवसायीसंघ
ओखलढुंगाले व्यवसाय सञ्चालनमा समस्या हुँदा सेवा प्रवाह गर्न नसक्ने अवस्था आएको भन्दै समस्या समाधानका
लागी पहल गरीदिन स्थानीय प्रशासन तथा सरोकारवाला निकायहरुसँग आग्रह गरेको छ ।

‘साना होटलले त दाउरामा पकाउलान, पकाइरहेका पनि छन्, तर ठूला होटलमा दाउरा बाल्न सम्भव
छैन,होटललाई अत्यावश्यक सेवाको सूचिमा राखिए पनि इन्धन उपलब्ध गराउन सरकार हिचकिचाइरहेको छ, ठूला होटल
बन्द भएमा पर्यटन क्षेत्रमा त्यसको गम्भिर असर पर्छ ।’

श्रीगञ्ज
होटलका प्रोवाईटर समेत रहनुभएका होटल व्यवसायीसंघका अध्यक्ष थगेन्द्रराज राईले भन्नुभयो ‘यो समयदेखि
ग्याँस पाईन्छ,खाद्यन्नको सहज ढुवानी हुन्छ भन्ने आभाष पनि भएन, अन्यौलता भयो,यस्तै अवस्था हो भने होटल
बन्द गर्ने पक्षमा हामी नभए पनि बन्द गर्नुको विकल्प हुनेछैन त्यसैले राज्यले हाम्रो समस्या बुझिदिनु
प¥यो ।’ चिनबाट आयातहुने ग्याँस समेत राजधानीमा मात्रै नथुपार्न भन्दै जिल्लामा ल्याउने पहल गर्न संघले
स्थानिय प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ