२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुगामा सञ्चालीत होटलहरु बन्द हुने अबस्थामा

२०७२, १३ कार्तिक शुक्रबार २०:२३

पूर्णप्रसाद न्यौपाने/कात्तिक १४, ओखलढुंगा । ओखलढुगामा
सञ्चालीत होटलहरु बन्द हुने अबस्थामा पुगेका छन् । भारतले गरेको भनिएको अघोषित नाकाबन्दी तथा लामो समयको
तराई बन्दको प्रभाव ओखलढुंगाको होटल व्यवसायमा पनि परेको हो ।

तराइबाट आयात हुने उपभोग्य सामाग्री तथा ग्यासको चरम अभाव भएपछि होटल सञ्चालनमा समस्या आएकोले
जिल्लामा सञ्चालीत होटलहरु बन्द हुने अवस्थामा पुगेको होटल व्यवसायीसंघ ओखलढुंगाका अध्यक्ष थगेन्द्रराज
राईले बताउनुभयो ।

‘अहिले होटलमा गेष्टहरु नआइदिँदा पनि चिन्ता
छ, आइहाले भने झनै समस्या छ’ राईले भन्नुभयो ‘ग्यासको विकल्पमा दाउराको प्रयोग गरीएको छर तर दाल चामल
नुन तेल लगाएतका दैनिक उपभोग्य सामग्र्री बजारमा उपलब्ध हुन छोडेपछि होटल ब्यबसाय ठप्प हुने अवस्थामा
पुगेको छ ।’ इन्धन र आवश्यक खाद्यन्न अभावले ग्राहकलाई सेवा दिन नसक्दा अधिकांश होटल व्यवसायीको यस्तै
नियति बनेको छ ।

अहिले सम्म स्टक रहेको सामग्रीले जसोतसो
ब्यवसाय संचालन गरेको भएपनी स्टक रहेको सामग्री समेत सकिएको र बजारमा सामग्रीको अभावले होटल खोल्नेकी
बन्द गर्ने भन्ने अन्यौलता छाएको होटल व्यवसायीहरुको भनाई छ । ‘ग्राहक नआउँदा पनि किन आएनन् भनेर चिन्ता
हुन्छ, आइहाले भने पनि किचनमा ग्यास छैन, गाडीमा तेल छैन, कसरी सेवा दिने भनेर तनाव हुन्छ’ एक
व्यवसायीले भने‘यो समस्या लम्बियो भने होटल बन्द गर्नुको बिकल्प छैन ।’
यसैविच होटल व्यवसायीसंघ
ओखलढुंगाले व्यवसाय सञ्चालनमा समस्या हुँदा सेवा प्रवाह गर्न नसक्ने अवस्था आएको भन्दै समस्या समाधानका
लागी पहल गरीदिन स्थानीय प्रशासन तथा सरोकारवाला निकायहरुसँग आग्रह गरेको छ ।

‘साना होटलले त दाउरामा पकाउलान, पकाइरहेका पनि छन्, तर ठूला होटलमा दाउरा बाल्न सम्भव
छैन,होटललाई अत्यावश्यक सेवाको सूचिमा राखिए पनि इन्धन उपलब्ध गराउन सरकार हिचकिचाइरहेको छ, ठूला होटल
बन्द भएमा पर्यटन क्षेत्रमा त्यसको गम्भिर असर पर्छ ।’

श्रीगञ्ज
होटलका प्रोवाईटर समेत रहनुभएका होटल व्यवसायीसंघका अध्यक्ष थगेन्द्रराज राईले भन्नुभयो ‘यो समयदेखि
ग्याँस पाईन्छ,खाद्यन्नको सहज ढुवानी हुन्छ भन्ने आभाष पनि भएन, अन्यौलता भयो,यस्तै अवस्था हो भने होटल
बन्द गर्ने पक्षमा हामी नभए पनि बन्द गर्नुको विकल्प हुनेछैन त्यसैले राज्यले हाम्रो समस्या बुझिदिनु
प¥यो ।’ चिनबाट आयातहुने ग्याँस समेत राजधानीमा मात्रै नथुपार्न भन्दै जिल्लामा ल्याउने पहल गर्न संघले
स्थानिय प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से