२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

पहिरोले कुलो भत्काउँदा डोल्पाको सदरमुकाम अन्धकार

२०७५, २१ भाद्र बिहीबार ०९:२९

भदौ २१, डोल्पा | मङ्गलबार राति पहिरोले कुलो भत्काउँदा डोल्पाको सदरमुकाम दुनै बजार अन्धकार भएको छ ।

स्थानीय जैरीगाड जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सेवा पहिरोका कारण ठप्प भएपछि सदरमुकामवासी अन्धकारमा बस्न बाध्य भएका हुन् । 

जैरीगाड खोला नजिको पहिरोले नहरको कम्तिमा ४० मिटर भाग भत्काएको आयोजनाले जनाएको छ । भत्किएको नहर निर्माणका लागि क्षेत्रीय विद्युत् प्राधिकरणको प्राविधिक टोलीले प्लाष्टिकका पाइप राखेर पानी सञ्चालन गरिने र यसका लागि बोलपत्र आह्वान गर्नुपर्ने जनाएको छ ।

यो पटकको पहिरोले कुलोमा ठूलो क्षति भएकाले सानोतिनो मर्मतले संभब नहुने जनाइएको छ । 

कुलोभन्दा माथि अझै पहिरो आउने सम्भावना भएकाले लामो समयसम्म विद्युत् अवरुद्ध हुनसक्ने र मर्मत गर्दा पनि पहिरो खस्ने सम्भावना भएकोे स्थानीय टीकादत्त न्यौपाने बताए । 

सोही ठाउँ नजिकै सोमबार साँझ पहिरोले करीब १५ मिटर कुलो भत्काउँदा २४ घण्टा विद्युत् अवरुद्ध भएको थियो । नेपाली सेनाले उक्त पहिरो मङ्गलबार मर्मत गरेपछि विद्युत् सेवा सञ्चालन भएकामा मङ्लबार राति गएको पहिराले झण्डै ४० मिटर कुलो भत्काउँदा झनै ठूलो क्षति भएको उहाँले जानकारी दिए ।

केही समय पहिले दुई सय किलोवाट विद्युत् उत्पादन हुने जैरीगाड पावरहाउसमा पछिल्लो पटक ३० देखि ४० किलोवाट मात्र उत्पादन हुँदै आएको थियो । 

एउटा जेनेरेटर केही समय अघि जलेकाले बुटवल पावर कम्पनीमा मर्मत भइरहेको र हाल रहेको एक सय किलोवाटको क्षमताको जेनेरेटरमा खराबी आउँदा ४० किलोवाटसम्म विद्युत् उत्पादन हुने गरेकाले सदरमुकाम दुनै बजार र जुफालमा पालै पालो गरी विद्युत् आपूर्ति हुँदै आएको थियो । विद्युत् सेवा बन्द भएसँगै सदरमुकामस्थित रेडियो डोल्पा तथा सरकारी कार्यालयको कामका साथै समाचार सम्प्रेषण गर्न समस्या भएको पत्रकार सुकमाया थापाले राससलाई बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने