२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा भूकम्पले चर्कीएको घरभत्काउने क्रममा पुरिँदा पाँच जना घाईते

१३ कार्तिक २०७२, शुक्रबार २०:२८

पूर्णप्रसाद
न्यौपाने/कात्तिक १४, ओखलढुंगा ।
भूकम्पले चर्कीएको घर भत्काउनेक्रममा पुरिँदा ओखलढुंगामा पाँच
जना घाईते भएका छन् ।

सिद्धिचरण नगरपालीका ५ स्थित टिका
कट्वालको क्षेतीग्रस्त घर भत्काउनेक्रममा च्यापीएर शुक्रबार पाँच जना मजदुर घाईते भएका हुन् ।
घाईतेहुनेहरुमा ओखलढुंगाको मानेभञ्जाङका ढाकन सिँह श्रेष्ठ, दुत बहादुर श्रेष्ठ, खिला श्रेष्ठ, सिन्धुली
रत्नावती ८ का प्रेमकुमार लामा र महेन्द्र तामाङ रहेका छन् ।

उनिहरु मध्ये सिन्धुली रत्नावती ८ का १८ वर्षीय प्रेमकुमार लामाको अवस्था गम्भीर रहेको जिल्ला
प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी प्रवत्ता प्रहरी निरीक्षक बैद्यनाथ यादवले जानकारी दिए ।

उहाँका अनुसार अन्य चार जना घाईतेको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार
भईरहेको छ भने गम्भीर घाईते लामालाई थप उपचारका लागि प्रहरीको विषेश पहलमा हेलीकप्टर मार्फत काठमाण्डौ
पठाईएको छ ।

घर भत्काउनेक्रममा पाँच जना भीत्रै च्यापीएपछि
प्रहरी र स्थानीय बासीन्दाले उद्धार गरेका थिए । यसैविच क्षेतीग्रस्त संरचना भत्काउँदा दक्ष जनशक्ती
प्रयोग गर्न र अन्य जोखिम यूक्त काम गर्दा विषेश सतर्कता अपनाउन जिल्ला प्रहरी प्रमुख प्रहरी नायव
उपरीक्षक दिपेन्द्र शाहले जिल्लाबासीलाई आग्रह गरेका छन् । आपसमा सरसल्लाह र सहयोग आदान प्रदान गरेर
अगाडि बढ्न र विपत् न्यूनिकरणमा लाग्न समेत उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन