2026-10-15 02:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुकी संहिताले सम्वन्ध विच्छेद बढायो, २१ दिनमा १४ पुरुषद्वारा मुद्दा दर्ता

भदौ २२, सुर्खेत । भदौ १ गतेदेखी मुलुकमा नयाँ मुलुकी संहिता लागू भएको शनिवार (आज) २३ दिन भएको छ । २१ दिनमा सुर्खेतमा सम्वन्ध विच्छेदका ३० मुद्दा दर्ता भएका छन् । यी मध्ये १४ जना पुरुषले सुर्खेत जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन् । बाँकी १६ मुद्दा भने महिलाले पती विरुद्ध सम्वन्ध विच्छेदका लागि मुद्दा दायर गरेका छन् ।

‘पहिले पुरुषले कहिलेकाहीँ मात्रै अदालतमा सम्बन्धविच्छेद गरिपाउँ भनेर अदालतमा मुद्दा हाल्न आउने गरेका थिए,’ विगतलाई स्मरण गर्दै जिल्ला अदालतका श्रेस्तेदार वीरेन्द्रबहादुर मल्लले भने, ‘तर, २१ दिनमा पुरुषहरुले सम्वन्ध विच्छेदका लागि मुद्दा दायर गरेका छन् ।’‘नयाँ मुलुकी संहिता लागू भएको दिनदेखि पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गर्न आएका छन्,’ उनले भने, ‘उनीहरूले सम्पत्ति हिनामिना गरेको, मन खुशी हिँड्ने गरेको, सम्पर्कमा नआएको दाबीसहित मुद्दा दर्ता गराएका छन् ।’

श्रेस्तेदार मल्लले नयाँ कानूनले पुरुषलाई सम्बन्धविच्छेद गर्न सहज बनाएको बताए । ‘यसअघिको कानूनमा महिलाले मात्रै सहजरुपमा मुद्दा दर्ता गराउने व्यवस्था थियो । पुरुषका लागि सम्बन्धविच्छेद गराउन अदालत जान खोजे लामो र झन्झटिलो प्रक्रिया थियो,’ उनले भने, ‘तर अहिले पुरुषलाई सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न साह्रै सहज भएको छ ।’

तर, महिलाले भने पुरानै हिसाबमा मुद्दा दर्ता गराइरहेको उनको भनाई छ । ‘महिलाले पतीले खान लाउन नदिएको, घरेलु हिंसाजस्ता दाबीसहित मुद्दा दर्ता गराएका छन्,’ उनले भने, ‘उनीहरूको मुद्दाको पनि प्रक्रिया शुरू भइसकेको छ ।’श्रेस्तेदार मल्लले वैदेशिक रोजगारी नै सम्बन्ध विच्छेदको ठुलो कारक रहेको बताए । ‘अहिले अदालतमा आएका मुद्दाको प्रकृति हेर्दा वैदेशिक रोजगार नै प्रमुख कारकको रुपमा देखिन आएको छ,’ उनले भने, ‘दोस्रो कारकको रुपमा लागूऔषध, मदिरा र शंका उपशंका नै सम्बन्धविच्छेदको कारकका रुपमा मैले देखेको छु ।’

जिल्ला अदालत सुर्खेतमा भदौं १ गतेदेखि २१ गतेसम्म जम्मा ६६ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये ३० वटा सम्बन्धविच्छेदका २५ वटा फौजदारी अभियोग र ११ अन्य मुद्दा दर्ता भएको अदालतले जनाएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालयले गर्ने विवाह दर्ता नयाँ कानून लागू भएसँगै अदालतले विवाह दर्ता गर्ने बाटो खुलेको छ । जिल्ला अदालत सुर्खेतले एक जोडीलाई विवाह दर्ताको प्रमाणपत्र समेत दिइसकेको अदालत स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए