2026-09-15 05:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डुंगा दुर्घटनामा बेपत्ता भएका मध्ये एक जनाको शव भेटियो

भदौ २३, पोखरा | पोखराको बेगनास तालमा डुंगा पल्टिँदा त्यसमा सवार पाँचजना बेपत्ता भएका छन् । नौ जना चढेको डुंगा पल्टिँदा तीनजनाको उद्दार गरिएको छ । प्रहरीले बेपत्ता रहेका मध्ये २ जनाको शव भेटिएको जानकारी दिएको छ । शव कृष्णकुमारी बजगाईको रहेको त्यहाँबाट अर्जुन थापाले जानकारी दिए । २ जनाको जीवित उद्दार गरिएको छ |

डुंगाबाट एक बालक तालमा खसेपछि उनलाई बचाउने क्रममा अनियन्त्रित भएको डुंगा पल्टिएको प्रहरीले जनाएको छ । उद्धार गरिएकोमा सपना खनाल, निशा पौडल र कमलराज कडेँल रहेका छन् । उनीहरुको  लेखनाथ सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । वेपत्ता भएकाहरुमा ७ वर्षिय प्राचिन पौडेल,  २५ वर्षिय रवी खनाल, ८ वर्षका शंकर खनाल र शिव खनाल रहेका छन् भने एक जनाको परिचय खुलेको छैन् । बेगनासवारीबाट पारीतर्फ आफन्तको घरमा तीजको दर खान जानेक्रममा डुंगा दुर्घटनामा परेको कास्कीका प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए । अहिले एसपी राणासहितको टोली उद्दारका लागि घटनास्थलमा खटिएको छ । एसपी रानाले गोताखोरको माध्यमबाट बेपत्ता रहेकाहरुको खोजी भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ