२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटमा खच्चड मालिक बने अब गाडीका मालिक

२०७५, २३ भाद्र शनिबार १५:०८

भदौ २३, जाजरकोट | जाजरकोटका अधिकांश खच्चड मालिक अहिले गाडी मालिक भएका छन् । सडक विस्तारले उनीहरूलाई खच्चडबाट गाडी मालिकमा रूपान्तरण गरिदिएको हो । नलगाड नगरपालिका वडा १० का अशोक ध्यारको अहिले एउटा जीप छ । एक वर्षअघिसम्म नौ खच्चडका मालिक ध्यारले गत वर्ष खच्चड बिक्री गरेर जिप खरिद गरे ।

उनकै छिमेकी कालीबहादुर रोकाले पनि खच्चड बेचेर एउटा ट्याक्टर र एउटा जिप किने । उक्त नगरपालिका– ७ दल्लीबाट वडा नं १३ तल्लुसम्म ट्र्याक्टरबाटै सामान ढुवानी गरेर राम्रो आम्दानी गरिरहेको उनले बताए । जाजरकोट–डोल्पा सडक डोल्पासम्मै पुगेपछि ध्यार र रोका मात्रै होइन उक्त नगरपालिकाका अधिकांश खच्चड व्यवसायीले पछिल्लो समय गाडी खरिद गरेर ढुवानी व्यवसाय शुरु गरेका छन् । ‘खच्चडले सामान ढुवानी गर्ने सबै ठाउँमा सडक पुगिसकेपछि गाडी किनेका हौँ’, व्यवसायी रोका भने, ‘गाडी नै गुड्ने भएपछि खच्चडको काम भएन ।’ सडक पुग्नुअघि उनीहरूले खच्चडमा सामान लादेर डोल्पा पठाउने गर्थे । अहिले त्यो काम उनीहरूका सवारी साधनले गरिरहेका छन् । रु ३२ लाखमा १५ खच्चड बिक्री गरी त्यसमा थप लगानी गरेर जिप र ट्याक्टर खरिद गरिएको उनको भनाइ छ । खच्चडको ठाउँमा गाडी गुड्ने भएपछि खच्चड बिक्री गरेर गाडी खरिद गरिएको अन्य यातायात व्यवसायीहरू पनि बताउँछन्

जिल्लामा परम्परागत ढुवानीका साधन खच्चडको प्रयोग शून्य बन्दै गएको छ । एक दशकअघिसम्म जिल्लाका सबै ठाउँमा खच्चडमार्फत नै मालसामान ढुवानी हुन्थ्यो । उक्त नगरपालिकामा पालिएका खच्चडले अहिले डोल्पातिर सामान ढुवानी गर्ने गरेका छन् । डोल्पा सदरमुकामदेखि गाउँगाउँमा मालसामान ढुवानी गर्न अझै खच्चडकै भर पर्नुपर्ने बाध्यता छ । अहिले जाजरकोट डोल्पा सडकखण्डको खदाङसम्म यातायातका साधन सञ्चालन हुन्छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने