2026-09-15 05:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तालमा बेपत्ता ६ जना अझै भेटिएनन्, बाच्ने भन्छिन् ‘छोराहरु हातबाट फुस्कीए म बाँचे’

प्रेम सुनार | भदौ २४, बुटवल | पोखराको बेगनास तालमा हिजो दिउँसो करिव १२ बजेको समयमा डुङ्गा डुबेर पेपत्ता भएका ६ जना अझै फेला पर्न  सकेका छैनन । हिजो डुबेर दुई जनाको मृत्यु भएको थियो भने दुई जना पौडिएर बाँच्न सफल भएका थिए । 

आज बिहान जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता रविन्द्रमान गुरुङ्ग संग सम्पर्क राख्दा उनले भने आज रातैभर हामी सुत्न पाएका छैनौं , बेपक्ता  ६ जना अझै फेला परेका छैनन, अब केहि बेर पछि रेस्क्यु गरिदैछ । दर खानका लागि १० जना डुङ्गा चढेर पारी जाने क्रममा ढुङ्गा भित्र पानीको वहाव बढे पछि पल्टीएको थियो । १० जना बेगनास तालको लिब्दी टुडँमा १० जना सबार डुंगा पल्टिदाँ २ जना महिलाको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन् । २ जनाको उद्धार भएको छ।

उद्दारपछि  अस्पताल पुर्‍याईएकी तनहुँ जिल्लाकी ३२ वर्षिय जमुना कडेँल र नवलपरासी घर बताईएकी  ५१ वर्षिया कृष्णकुमारी कडेँलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

वर्ष ५ का  प्राचीन पौडेल, बर्ष  ६ का  शंकर खनाल, बर्ष ८ का  शिव खनाल र  बर्ष ३२ का  रवी खनाल तालमा बेपत्ता भएको प्रहरी प्रबक्त गुरुङ्गले जानकारी दिए । 

रबी खनाल नेपाली सेनाका जवान हुन । तालबाट २८ वर्षिय सपना खनाल र निशा पौडेललाई स्थानीयले उद्दार गरेका थिए । डुंगामा एक्लै गएका कमलराज कँडेल तालमा आफन्त डुबेको देखेपछि बचाउन गएका थिए । तर, उनलाई पनि स्थानीयले उद्धार गरे । उनी अहिले बेहोस अवस्थामा छन् ।

छोराहरु हातबाट फुस्कीए म पौडिएर बाँचे

पौडिएर बाँच्ने मध्यकी सपना खनाल भन्छिन ‘डुङ्गामा पानी भरिएपछि डुब्न थालेको थियो । मेरा दुई छोराहरुलाई समातेकी थिएँ उनिहरु डुबे । म पौडिएर बाँच्न सफल भएकी हुँ ।  उनले भक्कानिदै भनिन–‘केही बेर दुबै छोरालाई समातेर बसेकी थिए,’ ‘लामो समयसम्म उद्धारमा कोही नआए पछि उनीहरू हातबाट फुस्किएका थिए ।’ 

बाँच्न सफल अर्का कमल कडेँलले आफन्त चढेको डुंगा नजिकै पुग्दा बच्चा खसेको देखेका थिए । त्यसपछि आमा अत्तालिदैं तालमा हामफाल्दा सन्तुलन विग्रिएर डुंगा पल्टिएको देखेपछि उनि  डुंगामै बेहोस भई तालमा खसेका थिए । उनलाई पनि समयमै उद्दार गरिएको थियो ।

बेगनास तालको डुंगा घाटबाट घटनास्थल पुग्न डुंगामा झण्डै आधा घण्टा लाग्छ । वेपत्ता भएकाहरूको उद्दारको लागि तीन वटै सुरक्षा निकाय सक्रिय रहेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ