२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आगलागी पिडीतलाइ थप राहात वितरण 

२९ चैत्र २०७२, सोमबार १४:०४

dadelo

शँकर के सी । चैत्र २९ सल्यान । सल्यानको धनवाङमा आगलागीबाट घर जल्दा घरबार विहिन भएका पिडित परिवारलाइ थप राहात सामाग्रि हस्तान्तरण गरिएको छ ।

नेकपा एमाले धनवाङ गाउँ कमिटीले कपुरकोटमा व्यापारि तथा अन्य विभिन्न व्यक्तिबाट संकलन गरेको राहात सामग्री पिडित परिवारको घर आज धनवाङ ५ मा पुगेर हस्तान्तरण गरिएको हो ।

एमाले धनवाङका अध्यक्ष भुपाल बुढाको अध्यक्षता तथा एमाले सल्यानका उप सचिव भिम बहादुर सेनको प्रमुख आतीथ्यतामा भएको कार्यक्रममा ३५ हजार रुपैया बराबरको विभिन्न सामग्री सार्की भण्डारि, ठक बहादुर भण्डारि, लोक बहादुर भण्डारिको परिवारलाइ हस्तान्तरण गरिएको एमाले धनवाङका उपाध्यक्ष चित्र बहादुर थापाले जनाउनुभएको छ ।

पिडित परिवारलाइ नेपालि काग्रेस सल्यानका सदस्य अब्दुल रहमान काजि र एमाले धनवाङका सदस्य रुद्रविर कवरले ६।६ जोर बालबालिकाको लागी लगाउने कपडा सहयोग गर्नुभएको छ ।

ग्रिनपिस होटल कपुरकोटका भुपाल साहुले चामल, तेल लगाएतका दैनिक उपभोग्य सामाग्रि हस्तान्तरण गर्नुभएको छ । यस्तै अखिल नेपाल महिला संघ इलाका नम्बर ३ का अध्यक्ष तारादेवि सेन र सदस्य धनसरि भण्डारिले पनि पिडित परिवारलाइ विभिन्न लत्ता कपडा सहयोग गर्नुभएको छ ।

एमाले सल्यानका उपसचिव भिम बहादुर सेनले नगद रु २ हजार, एमाले धनवाङका निवर्तमान अध्यक्ष हरिलाल पुनले रु १ हजार, गाँडापानी निवासि नवराज सेनले रु १ हजार, पेशागत महासंघ सल्यानका उप सचिव देवेन्द्र सेन, एमाले धनवाङका उपाध्यक्ष चित्र बहादुर थापा लगाएतकाले चामल तथा अन्य विभिन्न व्यक्तिहरुले पनि नगद सहयोग गर्नुभएको छ ।

राहात हस्तान्तरण कार्यक्रमको सहजिकरण प्रेस चौता िनेपाल सल्यानका निवर्तमान सचिव सन्तोष जिएमले गर्नुभएको थियो । धनवाङ ४, ५ र ८ को दुइवटा सामुदायिक वनमा लागेको आगो वस्ती सम्म फैलिएर बुधवार राती दुइ घर र एक गोठ जल्दा १५ लाख ७४ हजार भन्दा बढि क्षती भएको थियो । सुख्खायाम संगै सल्यान लगाएत देशभर आगलागीका घटना बढ्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य