२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अस्पतालमा आएका विरामी जंगलमा शौच गर्छन

३० चैत्र २०७२, मंगलवार १२:०५

चैत्र ३०, सल्यान । जिल्ला अस्पताल सल्यानमा शौचालयको अभावमा विरामीले जंगलको प्रयोग गरिरहेका छन । विरामीले प्रयोग गर्नका लागि अस्पतालमा ६ वटा शौचालय भएतापनि एउटा बाहेक कुनैपनि शौचालय प्रयोगमा आएका छैनन ।

सुरक्षित सुत्केरीका साथै, एपेन्डिक्स, हर्निया, हाइड्रोसि र पाइल्स जस्ता अप्रेशन गर्नमिल्ने अस्पतालमा दैनिक १५ देखि २० को संख्यामा रहेका विरामी र तिनका कुरुवाले प्रयोग गर्ने १ मात्रै शौचालय संचालनमा आएकोमा विरामीले झनझन सास्ती झलेका छन । विरामीले जंगलको प्रयोग गरे त जंगलमा नै त्यसको दुर्घन्ध हुन्थ्यो तर अस्पतालको हातामा नै दिसा गरिदिने भएकाले झन बाताबरणमा नै समस्या देखिएको छ अस्पतालका डाक्टर प्रदिप यादव भन्छन ।

अरु त अरु विरामीको ल्याव टेस्टका लागि दिसा, पिसाव र विर्य जाँच गर्नें विरामीले समेत जंगलको प्रयोग गरिएको अस्पतालका ल्याप असिस्टेन्ट भिम रोकाले जनाएका छन । अस्पतालका डाक्टर सचिन यादवले पानिको समस्या र विरामीले प्रयोग गरेको प्याड शौचालयको प्वालमा राखेकाले यस्तो समस्या आएको बताएका छन । जंगलको विचमा रहेको अस्पतालमा सुविधा सम्पन्न शौचालय निर्माण गरिएका भएतापनि प्रयोगमा आएका छन ।

शौचालयको सरसफाई गर्नलाई अस्पताल विकास समितिले पहल गरेपनि प्राविधिक स्टामेट अनुसार एउटा शौचालयका लागि ३ हजार मात्रै छुट्याइएको र त्यसमा कुनैपनि कामदारले काम नगरेपछि काम हुन नसकेको समितिका अध्यक्ष हरि केसीले जनाएका छन । उनले अस्पतालमा अहिले ट्याङ्करबाट भएपनि पानीको व्यवस्था गरिएको र शौचालयको समस्या केहिदिनमा नै हल गर्ने गरि काम गर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य