२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटका ग्रामीण सडक धमाधम मर्मत हुँदै

२०७५, ३० भाद्र शनिबार ०७:३९

भदौ ३०, जाजरकोट | वर्षायाम सकिन लाग्दा यहाँका ग्रामीण तथा मुख्य सडक सञ्चालनमा आउन थालेका छन् । नजिकिँदो चाडपर्वलाई ध्यानमा राखी स्थानीय सरकारले जनतालाई सेवा, सुविधा दिने उद्देश्यले वर्षाले भत्काएका सडकको मर्मत गर्न शुरु गरेसँगै ती सडकहरु सञ्चालनमा आउन थालेका हुन् । 

सरोकारवाला निकायको लामो प्रयासपछि जिल्लाको विभिन्न ठाउँका सडक सञ्चालनको तयारी भएको जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले बताउनुभयो । सदरमुकामभित्र रहेका शान्ति चौतारा तल्लो थाप्ले सडक, पासागाड कालेगाउँ सडक, खलङ्गा पाँचकाटिया सडक, खलङगा रिम्ना सडक, रिम्ना आठबिसकोट सडक, दल्ली तल्लु सडक सञ्चालनमा आउन थालेका छन् । 

गाउँगाउँमा स्थानीय सरकार र स्थानीयको सहकार्यमा घोडेटो बाटोदेखि विद्युत् नहरसम्म मर्मत कार्य शुरु भएको छ । जिल्लाको नलगाड नगरपालिका–३ कैनाको साङट भेरी खोला जलविद्युत् योजना मर्मतमा स्थानीय जुटेका छन् । नलगाड–८ हल्चौरस्थित घोडेटो बाटो स्थानीयले निःशुल्क निर्माण गरिएको छ । 

स्थानीय र सरकारको सहकार्यमा जिल्लाको भएको जनधनको विषयमा गम्भीर हुँदै पूर्णको काममा जुटेको नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताउनुभयो । वर्षाका कारण नलगाडमा मात्र सडक र अन्य संरचना गरी झण्डै रु ५० करोडभन्दा बढीको क्षति भएको छ । 

केन्द्रीय सरकारदेखि प्रदेश सरकारसँग जिल्लामा भएको क्षतिका विषयमा जानकारी गराई राहत र पुनःस्थापनाको काम पनि सँगसँगै अगाडि बढाइएको जनप्रतिनिधिहरुले बताएका छन् । गाउँगाउँमा गएर क्षतिको विवरण सङ्कलनपछि निर्माण शुरु भएको भेरी नगरपालिकाका प्रमुख सिपी घर्तीले बताउनुभयो । 

गाउँ छाडेर पाटनतिर गएका स्थानीयािसी पशु चौपाय लिएर घरमा अन्नपात भित्र्याउन आइपुगेको बारेकोट गाउँपालिका–५ का प्रेमविक्रम शाहीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने