१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुममा तीन महिनाका लागि विद्युत् सेवा बन्द

७ चैत्र २०७२, आईतवार २१:०२

LoadShedingचैत ८, रुकुम । रुकुममा तीन महिनाका लागि विद्युत् सेवा बन्द गरिएको छ । जिल्लाको स्यार्पू दह साना जलविद्युत् आयोजनाको पुनःनिर्माणका लागि काम सुरु भएपछि जिल्लाका आठ गाविस तीन महिनाका लागि अन्धकार भएका छन् ।

विसं २०४४ मा निर्माण भएको जलविद्युत् आयोजनाको जापान सहयोग नियोग जाइकाले पुनःनिर्माणको काम सुरु गरेपछि विद्युत् सेवा बन्द भएको रुकुमेली विद्युत् ऊर्जा विकास उपभोक्ता समितिका कार्यालय प्रमुख रामबहादुर केसीले बताए । विगत एक वर्षदेखि पुनःनिर्माणको काम सुरु गरेको जाइकाले यसअघि आयोजनाको ड्याम निर्माणको काम सकिएपछि अब नहर मर्मत र मेसिन फेर्ने काम सुरु भएका कारण विद्युत् सेवा बन्द भएको केसीले उल्लेख गरे ।

जेठको दोस्रो सातासम्म नहरको काम र मेसिन फेर्ने काम सकिने भएकाले त्यसपछि मात्र विद्युत् सेवा सञ्चालनमा आउने छ । विद्युत् सेवा बन्द हुँदा सदरमुकाम मुसिकोटसहित जिल्लाका बाँफिकोट, स्यालापाखा, पिपल, झुला, मग्मा र छिवाङ गाविसका चार हजार बढी उपभोक्ता अन्धकारमा बस्नु पर्ने बाध्यतामा परेका छन् । पुनःनिर्माण पछि आयोजनाको क्षमताअनुसार विद्युत् उत्पादन हुने बताइएको छ ।

दुई सय ५० किलोवाटको क्षमता रहेको उक्त आयोजनाबाट हाल २०० किलोवाट मात्र विद्युत् उत्पादन हुँदै आएको प्रमुख केसीले बताए । मेसिन पुरानो हुनु, नहर जीर्ण बन्दा पानी चुहावट हुनुलगायतका कारणले क्षमताअनुसार विद्युत् उत्पादन हुन सकेको थिएन ।

तीन महिनासम्म विद्युत् सेवा बन्द भएपछि जिल्लामा सञ्चालन हुने उद्योगधन्दा, कलकारखाना, सबै ठप्प हुने भएका छन् । यसका साथै जिल्लाबाट प्रकाशनमा रहेको पत्रिकासमेत बन्द हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल