३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

राजनैतिक क्रान्ति सकियो, आर्थीक क्रान्ति वाँकीः प्रभाकर

१९ चैत्र २०७२, शुक्रबार २१:०७

janardanगणेश सिर्पाली । चैत्र–२०, रुकुम । एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकरले अवको समय आर्थीक क्रान्तिको भएको बताउनुभएको छ । संविधान जारी भैसकेको अवस्थामा अव सबैको ध्यान आर्थीक विकासमा जान जरुरी रहेकोमा उहाँले जोड दिनुभयो ।

रुकुमको आठविसकोटमा सहिद नेत्र ओलीको सालिक अनावरण गर्दै नेता प्रभाकरले जिल्लाको विकासका लागी जिल्ला स्थित सबै राजनितिक दलहरुको सहकार्य समेत आवश्यक रहेको उहाँको भनाई छ । त्यस्तै सहिद नेत्र ओलीले पार्टीलाई पुर्याएको योगदानको कदर हुने बताउनुभयो ।

दोस्रो संविधान सभाको निर्वाचनको क्रममा पार्टीको प्रचार प्रसारमा गएको बेला २०७० मा ओलीको रुकुम घेत्माको गाउँबारीमा हत्या भएको थियो । ओलीको सम्झनामा पार्टीले आठविसकोट राडिको माथिल्लो पिपलबोटमा निर्माण गरेको शालिक नेता प्रभाकरले अनावरण गर्नुभएको हो ।

एमाओवादी गाउँ सम्मेलन आयोजक समिति संयोजक चन्द्र वहादुर वुढाको अध्यक्षतामा भएको कार्यक्रममा नेता प्रभाकरको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला अध्यक्ष गोपाल शर्मा अनल, सह सचिव धर्म वहादुर केसी जिज्ञाशु, सहिद नेत्र ओलीका बुवा महाविर ओली, आमा बल कुमारी ओली, अंकल थलविर ओली लगाएतको पनि आतिथ्यता रहेको थियो ।

जनक वटालाको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन गंगाराम चनाराले गर्नुभएको थियो । यसैविच नेता प्रभाकरले आठविसकोटका पार्टी कार्यकर्ता संग भेटघाट तथा छलफल समेत गर्नुभएको बताईएको छ ।

यसैविच नेता प्रभावकरले मग्माका पार्टी कार्यकर्ता संग भेटघाट गर्नुका साथै अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुनुभएको छ । नेता प्रभाकरले समसामयिक राजनितिक परिस्थिति, पार्टीको भुमिका, पार्टी सुधृढीकरण लगाएतका विषयमा कार्यकर्तालाई प्रशिक्षण दिनुभएको थियो ।

यस्तै आज विहान नेता प्रभाकरले गाविसमा रहेका सहिदका परिवारसंग भेटघाट गर्नुभएको छ । भेटका क्रममा सहिद परिवारका सुझाव समेत संकलन गर्नुभएको थियो । आज रुकुमकोटमा हुने सर्वपक्षिय अन्तरक्रिया कार्यक्रममा उहाँ सहभागी हुने उहाँ संगै टोलीमा रहनुभएका एमाओवादी जिल्ला अध्यक्ष गोपाल शर्मा अनलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ