३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

प्रहरिले धरपकड गर्यो: चार विद्यालयका प्रधानाध्यापकहरु

२२ चैत्र २०७२, सोमबार २१:२५

गणेश सिर्पाली/चैत्र–२३, रुकुम । रुकुमको सिम्ली एस.एल.सी परीक्षा केन्द्रमा सहभागी चार वटा विद्यालयका शिक्षकहरुले प्रहरीले धरपकड गरेको आरोप लगाएका छन् ।

सोमबार संयुक्त विज्ञप्ती जारी गर्दै ४ विद्यालयका शिक्षकहरुले प्रहरीले आईतबार गणित विषयको परिक्षामा आफुहरुमाथि अमानविय व्यवहार गरेको आरोप लगाएका हुन् ।

परीक्षा सुरु हुनु भन्दा १ घण्टा पहिले नै विद्यार्थीहरुमा परेको समस्यालाई सुल्झाउन परिक्षा केन्द्रभित्र जान खोज्दा सुरक्षाकर्मीले परीक्षा आचार संहिता विपरित धरपकड गरेको विज्ञप्तीमा जनाईएको छ ।

आगामी दिनमा यस्ता क्रियाकलाप नदोहो¥याउन विज्ञप्ती मार्फत आग्रह गरिएको छ । त्यस्तै परिक्षालाई मर्यादित बनाउन सिम्ली परिक्षा केन्द्रमा सहभागी ४ ओटा विद्यालयका प्रअहरुले आफुहरुले पनि जिम्वेवारीका साथ आफ्नो दायित्व पुरा गरिरहेको र आगामी दिनमा गर्ने प्रतिबद्धता जनाएका छन् ।

यस विषयमा केन्द्राध्यक्ष शशिराम विश्वकर्माले प्रश्नपत्र विद्यालयमा भित्रिसकेपछि अन्य व्यक्तिहरुलाई प्रवेश गर्न नदिने निमयका कारण केही समस्या देखिएको बताउनुभयो ।

सानीभेरी उच्च मावि बलिबाङ गरायलाका प्रअ अमर चन्द प्रश्नपत्र भित्रिएको थाहा नपाएर परिक्षा केन्द्र भित्र प्रवेश गर्न खोजेको र प्रहरीले प्रअ भन्ने नचिनेका कारण केही समस्या देखिएको हो, केन्द्राध्यक्ष विश्वकर्माले भन्नुभयो– ‘त्यति ठुलो समस्या केही होईन ।’

उक्त परीक्षा केन्द्रमा सूर्योदय मावि बेल्टापु, सानीभेरी उच्च मावि बलिबाङ, जनप्रिय मावि हाँसिबाङ र मावि मेलचौर दुलीका विद्यार्थीहरुले एसएलसी दिईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ