२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

चारसय युवालाई इलम दिँदै बुटवल उपमहानगरपालिका

५ आश्विन २०७५, शुक्रबार ०४:१४

भरत केसी, असोज ५, बुटवल । बुटवल उपमहानगरपालिकले ‘मेयर युवा इलम’ कार्यक्रमअन्तर्गत करीब चारसय युवालाई लक्षित गरी युवा स्वरोजगार तालीम शुरु गरेको छ । पहिलो चरणमा बुटवलका १९ वटै वडाका ३६५ युवालाई इलम सिकाइने छ । 


तीन महीने सीप सकेका युवालाई दक्षताका आधारमा रोजगारादाताको सहकार्यमा रोजगारी दिने गरी यस्तो तालीम शुरु गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । 

युवालाई हेभी हाइड्रोलिक सिस्टम (स्काभेटर, डोजर, ग्रेडर, रोलर, भाइब्रेटर) का उपकरणको मर्मत गर्नेबारे तालीम दिइने छ । यो कामका लागि पहिलो चरणमा २५ युवा छनोट भएका छन् । उनीहरूले यो चरणमा उजिरसिंह नगरको अटो भिलेजमा तीन महिना सिक्नेछन् । 

अटो मेकानिक्सको आधारभूत तालीमका लागि २० युवा छनोट भएका छन् । आधारभूतसहित हेभी साधान बनाउने तालीमले उनीहरूलाई पनि दक्षता र रुचिका आधारमा उपल्लो तहको तालीम दिने गरी तयारी भइरहेको उपमहानगरपालिकाले जनाएको छ । 

जनरल मेकानिक्समा २२, विल्डिङ सोलार इलेक्ट्रिकल तालीमका लागि ३५, होटल म्यानेजमेन्टअन्तर्गतको कुक तालीमका लागि ८३, एसी, रेफ्रिजरेटर मर्मतका लागि ५४ तथा पलम्बिङका लागि २० र फेशन डिजाइनरका लागि १०७ जना यो चरणमा छनोट भएका छन् । 

शुरुदेखि नै प्राथमिकता दिँदै आएको युवा स्वरोजगार कार्यक्रम यस क्षेत्रको नमूना कार्यक्रम मानिएको छ । तालिमको बिहीबार शुभारम्भ गर्दै नगर प्रमुख सुवेदीले युवालाई सक्षम बनाए मात्रै समृद्ध बुटवलको अभियान पूरा हुने बताउनुभयो । 

सोही अभियान स्वरूप पहिलो चरणको प्राविधिक तालीम शुरु गरिएको उहाँले बताउनुभयो । बुटवलको समृद्धिका लागि बुटवलवासीकै योगदान र सहकार्य भन्ने मान्यताका साथ आफूहरूलाई तालीम प्रदायक र रोजगारदाताले समेत सहकार्य गर्न आएको सुवेदीको भनाइ छ । 

अभियानमा सहकार्य गर्ने दक्ष जनशक्ति उत्पादनलाई ध्यानमा राखेर यस्तो अभियान शुरु गरिएको उहाँले बताउनुभयो । यो अभियानमा यस क्षेत्रका रोजगारदाता र प्राविधिक शिक्षा केन्द्रले उपमहानगरसँग सहकार्य गरेका छन् । तालीम लिन इच्छुकको विषय छानेर तिनै तालीम प्रदायककोमा पठाइनेछ । यस्तो तालीम कम्तीमा तीन महिनाको हुनेछ । 

सो अवसरमा उपप्रमुख गुमादेवी आचार्यले महिला र पुरुष दुवैको हाराहारी सङ्ख्यामा सहभागीहरू छनौट हुनु अर्को महत्वपूर्ण पाटो रहेको भन्दै समृद्ध, सभ्य र समावेशी बुटवल निर्माणको एउटा चरण नै यहीँ रहेको बताउनुभयो । 

विभिन्न विषयमा समूह छुट्याएर तालीम दिन लागिएको बुटवलका सामाजिक शाखा प्रमुख भुवाप्रसाद लुइँटेलले बताउनुभयो । हेवी मेसिन मर्मतदेखि फेसन डिजाइनसम्मका कामबारे विशेष तालीम दिइने अधिकृत दामोदर ज्ञवालीले बताउनुभयो । (रासस) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले