२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

पुनःनिर्माणको पर्खाइमा जाजरकोट दरबार

२०७५, १० आश्विन बुधबार ०५:५५

हेमन्त केसी | असोज १०, जाजरकोट | ऐतिहासिक जाजरकोट दरबार दैनिक जीर्ण बन्दै गएको छ । विसं १८२५ मा जाजरकोटका राजा हरि शाहले निर्माण गरेको यो दरबार दैनिक जीर्ण बन्दै गएको हो । राजा हरि शाहले निर्माण गरेको जाजरकोट दरबार कला र पुरातात्विक महत्व दुवै दृष्टिकोणले निकै आकर्षक मानिन्छ । 

राज हरि शाहले भक्तपुरका चर्चित कालीगढ नाक्चेको डिजाइनअनुसार रुकुमको चौरजहारीबाट स्थानीय जनतालाई इँटा बोकाएर दरबार निर्माण गर्न लगाएका थिए तर अहिले स्थानीय जनता र सरकारी बेवास्ताका कारण यो दरबार जीर्र्ण बन्दै गएको छ । 

नेपाल एकीकरण अभियानका बेला पश्चिममा निकै शक्तिशाली राज्यको रुपमा रहेका जाजरकोट राज्यका राजाको दरबार पुरातत्व विभागमा दर्ता भएको भए पनि यसको रेखदेख र संरक्षणमा कसैको चासो नगएको स्थानीय सरोकारवालाको गुनासो छ । 

दक्षिणतिर भेरी नदी र चौरजहारीको सुन्दर दृष्य अनि उत्तरतिर कुसे पाटनको मनोरम दृष्य मात्र होइन पूर्वतिर सिस्ने हिमाल, होलु जिउला अनि वरिपरि हरिया पहाडको बीचमा रहेको खलङ्गाको पिपलडाँडास्थित टाकुरोमा रहेको जाजरकोट दरबार प्राकृतिक सुन्दरताको बीचमा कुरुप बन्दै गएको छ । प्रत्येक वर्ष दशैँको महानवमीका दिन दरबार र जाजरकोट राज्यको ऐतिहासिक एवं सांस्कृतिक महत्व झल्काउने राँगो बलि दिने मेला पनि पछिल्लो चरणमा ओझेल पर्दै गएको छ । 

पृथ्वीनारायण शाहले शक्तिको प्रतीक मान्दै जाजरकोटका राजालाई दिएको खड्कको पूजा गर्न नौ राँगा नौ बोकाको बलि दिने चलन पनि हराउँदै गएको छ । शुरुमा सात तले यो दरबार १९९० सालको भूकम्पपछि चार तलामा झरेको थियो । वरिपरि दरबारको भव्य महल बीचमा रानीहरुले नुहाउने तलाउको अहिले नाम निसान नै छैन् । दरबार प्रवेशद्वारको अगाडि रहेका दुइवटा सिंहले अगाडिका दुई खुट्टा उचालेर आक्रोश व्यक्त गरेको तस्वीर झल्किने कलात्मक गेट पनि २०३५ मा भत्किसकेको थियो । 

विगतमा दरबारको सातौँ तलामा रहेको नारायण थानको मन्दिरका तीन वटा अति प्राचीन मूर्तिमध्ये एउटा हनुमानको मूर्ति द्वन्द्वकालमा हराएको थियो । 

पृथ्वीनारायण शाहले शक्तिको प्रतीकका रुपमा दिएको खड्गअर्थात् तरबार मात्र अहिले जगतीपुरस्थित मन्दिरमा खर्के देउताका रुपमा सुरक्षित रहेको स्थानीय पुजारी सत्यप्रसाद शर्माले बताउनुभयो । 

जाजरकोट दरबार पुनःनिर्माणका लागि पुरातत्व विभागको सक्रियतामा शहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले २७ करोडको लागत स्टमेट तयार पारेको जिल्ला प्रशासन कार्यालयको भनाइ छ । भवन डिभिजन कार्यालयले दरबारको ऐतिहासिक पक्ष तथा कलात्मकता नबिग्रिने गरी बनाएको डिजाइन तथा आर्थिक योजनासहितको पुनःनिर्माण योजना गृहमन्त्रालयमार्फत अर्थमन्त्रालयमा गएर रोकिएको छ । 

नेपाल बाइसी र चौबीसी राज्यमा विभाजित भएका बेला बाइसी राज्यअन्तर्गत निकै शक्तिशाली मानिएको जाजरकोट राज्यका संस्थापक राजा जगतिसिंह मेदिनीवर्मा हुनुहुन्थ्यो । उहाँले विसं १४५५ मा जाजरकोट राज्य स्थापना गर्नुभएको थियो । उहाँ पछिका राजा विजय सिंहको घोडाले मन पराएको जाजरकोट खलङ्गाको पिपलडाँडामा नै उहाँका नाति पर्ने हरि शाहले उक्त राजदरबार निर्माण गर्नुभयो । हाल जिल्ला प्रशासन कार्यालय रहेको उक्त दरबार जाजरकोटी राजा प्रकाशविक्रम शाहले २०४२ सालमा तत्कालीन जिल्ला पञ्चायतलाई रु ६० हजारमा बिक्री गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा