२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकमा बालुवा निकासी खुला

२०७५, ११ आश्विन बिहीबार १२:३८

असोज ११, मेलम्ची | सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाले नगरभित्रका नदी क्षेत्रमा हाते औजार प्रयोग गरी सङ्कलन गरिएको बालुवा निकासी गर्न खुला गरेको छ । 

नगरपालिकाले इन्द्रावती, मेलम्ची र सिन्धुखोलालगायत नदी क्षेत्रमा हाते औजार प्रयोग गरी सङ्कलन गरिएको बालुवा निकासी गर्न खुला गरेको हो । 

यसरी सङ्कलन गरिएको बालुवा ट्रक वा टिपरद्वारा निकासी गर्दा मेलम्ची नगरपालिकाको कार्यालय वा सम्बन्धित राजश्व सङ्कलन केन्द्रमा नियमानुसारको राजश्व तिरेर मात्र बालुवा ओसारपसार गर्न पाउने सूचना नगरपालिकाले जारी गरेको छ । राजश्व नतिरी बालुवा निकासी गरेको पाइएमा थप दण्ड जरिवाना र आवश्यक कारवाही गरिने मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीप्रसाद थपलियाले जानकारी दिनुभयो । 

जिल्लाको इन्द्रावती गाउँपालिकाले भने अर्को व्यवस्था नभएसम्म आफ्नो नदी क्षेत्रभित्र कुनै प्रकारको मेशिनरी औजÞार प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन र निकासी गर्न प्रतिबन्ध लगाएको छ । असोज १ गते बसेको जिल्ला समन्वय समिति एवं नदीजन्य पदार्थको अनुगमन समितिले असोज ५ गतेबाट नदीजन्य पदार्थ निकाल्न दिने निर्णय गरेको थियो । 

बैठकले प्रारम्भिक वातावरणीय परीक्षण (आइइ) भइसकेका र ठेक्का प्रक्रिया पूरा भएका नगर र गाउँपालिकाको हकमा ठेकेदारमार्फत नदीजन्य पदार्थ निकाल्न दिने निर्णय गरेको थियो । नदीजन्य पदार्थको अनुगमन समितिले असार, साउन र भदौ गरी तीन महीनासम्म नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने