२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

मेलाको समय नजीकिदै गर्दा प्रचारप्रशार तिब्र

१२ आश्विन २०७२, मंगलवार ०४:५९

शँकर के सी, असोज १२, रोल्पा / रोल्पा लिङदुङमा हुने दशैविशेष वृहत सांस्कृतीक मेलाको समय नजीकिदै गर्दा आयोजक कमिटीले प्रचारप्रशारको कामलाइ तीब्रता दिएको छ ।

photo rolpa

सयपत्री युवा क्लव बुढागाउँ ३ को आयोजनामा हुन लागेको मेलाको बारेमा जानकारि गराउनका लागी रोल्पाको नेर्पा बजार, लिङदुङ बजार, कोइला लगाएत विभिन्न ठाउँ र गाउँगाउँ सम्म फ्ल्यास व्यानर तथा पम्पलेट टाँस गरिएको प्रचारप्रशार संयोजक शंकर केसीले जानकारि दिनुभएको छ ।
photo rolpa1
यहि आउँदो असोज २८ र २९ दुइदिन हुने सांस्कृतीक मेलाको लागी प्रायोजन संकलन र अन्य विभिन्न काम पनि भइरहेको मेला संयोजक अर्जुन ओलिले जनाउनुभयो ।

झिनुवा धान खेतीले प्रख्यात मानिएको तथा प्राकृतीक रुपमा अन्यन्तै रमणिय र मनोमोहक ठाउँ लिङदुङमा हुने सांस्कृतीक मेलाबाट खर्च कटाइ बचेको रकम त्यस क्षेत्रमा सामाजीक कामको लागी खर्च गरिने मेला व्यवस्थापक सन्तोष जिएमले जनाउनुभयो ।

दुइ दिनको कार्यक्रमका लागी केन्द्रीय तथा स्थानीय कलाकारहरुको पनि टुंगो लागीसकेको छ । जस अनुसार कार्यक्रमको पहिलो दिन २८ गते लोक दोहोरि गायक पशुपती शर्मा, तुल्सी घर्ती लगाएतका कलाकार र दोश्रो दिन २९ गते लोक दोहोरी गायक खुमन अधिकारी, गायीका तथा मोडल ज्योती मगरले आफ्नो प्रस्तुती राख्ने कार्यक्रम छ ।

यस्तै गायीकाहरु पवित्रा घर्ती, खुमा थापा, सम्झना मगर, नृतांगना लक्ष्मी वोहोरा लगाएत एक दर्जन बढि कलाकारले पनि कार्यक्रम देखाउने सांस्कृतीक संयोजक प्रेम विवस घर्तीले जनाउनुभयो ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान