असोज १७, काठमाडौं । काठमाडौंको बालाजुबाट पाँच किलो सुनसहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवाका १८ वर्षीय सोबहादुर तामाङ रहेका छन् |

महानगरीय प्रहरी परिसरको टोलीले बालाजुको तीनपिप्ले भन्ने स्थानमा चेकजाँच गर्दा सोमबार बेलुकी पाँच किलो सुन बरामद भएको परिसरका डीएसपी होमेन्द्र बोगटीले जानकारी दिए ।

उक्त सुन रसुवागढी नाकाबाट भित्र्याइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्ति भरिया मात्र रहेको र सुन धनी अर्कै व्यक्ति रहेको अनुमानमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रहरीले अहिले ११ बजे पत्रकार सम्मेलन आयोजना गरेर उनलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

यसअघि ९ असोजमा रसुवाढी नाकाबाटै अवैधरुपमा भित्राइएको तीन किलो सुनसहित टोखाबाट दुई जना पक्राउ परेका थिए ।

October 3, 2018
काठमाडौँ - KTM, रसुवा - RSW, समाज
बालाजुबाट पाँच किलो सुनसहित १८ वर्षीय किशोर पक्राउ
By kit
2 मिनेट पढाइ