२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

धैबुङ–धोबीखोला सडक सञ्चालन

२०७५, १८ आश्विन बिहीबार १०:०६

ज्ञानेन्द्र न्यौपाने | असोज १८, रसुवा | वर्षाका कारण गत असारदेखि अवरुद्ध धैबुङ घुम्तीदेखि पूर्वी भेक जिबजिबेतर्फको ग्रामीण कृषि सडकमा आजदेखि यातायात सञ्चालन भएको छ । 

कालिका गाउँपालिका – ५ का वडाध्यक्ष रामहरि देवकोटाका अनुसार प्रतिनिधिसभा सदस्य मोहन आचार्यको निजी सहयोगबाट स्काभेटरको सहायताले पाँच दिनको प्रयासमा धैबुङ घुम्ती –जिबजिबेबीच धोबीखोला पहिरो पन्छाउने कार्य बुधबार सम्पन्न भई आजदेखि सवारी साधन आवातजावत हुन थालेको हो । 

ग्रामीण कृषि सडक खुला भएलगत्तै जिबजिबेबाट काठमाडौँका लागि चल्ने नियमित यात्रुवाहक बस सञ्चालनमा आएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । 

सडक सञ्चालन भएपछि जिबजिबे, ज्याङ्लाङ, घलेगाउँ, बेताङ, सरस्यूँ, खाल्चेत, आरुखर्क, घोर्मुसमेतका बासिन्दालाई नियमित यातायातमा सहज भएको बताउँदै वडाध्यक्ष देवकोटाले सडक सञ्चालनले दैनिक एक हजार पाँच सयभन्दा बढी बासिन्दालाई आवतजावतमा सहजता आएको जानकारी दिनुभयो । 

विशेषगरी वर्षायाममा धोबीखोला र पाहाखोला नजीकको पहिराले मानिस ओहोरदोहोरमा समेत गम्भीर समस्या पर्दै गएको छ । यी दुई पहिरो अड्याउनका लागि केन्द्र र प्रदेश सरकारलाई विशेष कदम चाली दीर्घकालीन समस्या समाधान गरिदिन त्यस क्षेत्रका बासिन्दाले आग्रह गरेका छन् । 

विसं २०४४ मा निर्मित धैबुङ घुम्ती– जिबजिबे ग्रामीण कृषि सडकअन्तर्गत धोबीखोलाको भूभागमा वर्षायाम शुरु हुनासाथ सडक सतह बग्ने माथिबाट पहिरो आउने समस्या वर्षेनी बढ्दै गएको छ । वडा कार्यालयको सीमित बजेट र जनताको श्रमदानबाट पहिरो रोकथाम गर्ने कुनै सम्भावना नभएकाले विशेषज्ञद्वारा भौगर्भिक अवस्था परीक्षण गरी दीर्घकालीन समस्या समाधान गरिदिने व्यवस्थाका लागि सरकारसमक्ष आग्रह गरिएको वडाध्यक्ष देवकोटाले बताउनुभयो । 

हिउँदे सडकमा मात्र सीमित रहेको धैबुङ घुम्तीदेखि जिबजिबे– सरस्यूँसम्मको करीब १० किमी ग्रामीण कृषि सडकअन्तर्गत धोबीखोलाको पहिरो हटाई यातायात सञ्चालन गरिदिन प्रतिनिधिसभा सदस्य मोहन आचार्यको सहयोग रहेको जिबजिबेका समाजसेवी साधुराम पौडेलले बताउनु भयो । 

हिउँदे सडक सञ्चालनले अबका दिनमा कृषि उपज ताजाताजै बजारमा लान, आवश्यक खाद्य सामग्री व्यापारिक केन्द्रबाट घरगाउँमा ल्याउन गम्भीर बिरामी राजधानीका अस्पताल पुर्याउन विद्यार्थी कालिका क्याम्पसमा पढ्न जान समेत अत्यन्तै सहज भएको स्थानीयवासीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म