४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठान उधोग बाणिज्य सँघको अध्यक्षमा न्यौपाने विजयी

१२ आश्विन २०७२, मंगलवार ०१:३६

सलिम अन्सारी, असोज १२ प्यूठान । प्यूठान उधोग बाणिज्य सँघको अठारौ साधारणसभा तथा नवौ जिल्ला अधिबेशनबाट सँयूक्त ब्यावसायिक प्यानलका ज्ञानुराम न्यौपाने अध्यक्षमा निर्बाचित भएका छन ।

न्यौपानेले प्रतिद्दन्दि ब्याबसायिक प्यानलका बालाजु श्रेष्ठलाइ १ सय २५ मतले पछाडी पार्दै अध्यक्षमा निर्बाचित भएका हुन । जिल्लाभर कुल १६ सय ६९ मतदाता सँख्या मध्ये १४ सय ५६ मत खसेकोमा बिजयी न्यौपानेले ७ सय ७१ मत प्राप्त गरे भने उनका प्रत्याशी श्रेष्ठले जम्मा ६ सय ४६ मत प्राप्त गरे । बरिष्ठ उपाअध्यक्षमा केदारमान कक्षपतीले ६ सय ९३ मत ल्याएर विजय भएका छन ।

त्यसै गरी बाणिज्य उपाअध्यक्षमा बद्री श्रेष्ठले ६ सय ७८ मत र उधोग उपाअध्यक्षमा गिर बहादुर गुरुगँले ७सय ६० मत प्रापत गर्दै बिजयी भए। सँ मगँलबार बिहान सम्पन्न अधिबेशनबाट कोषा अध्यक्षमा रामचन्द्र पौडेल ७ सय ९ मत र उपमहासचिब टिका बहादुर जिसीले ६ सय ९३ मत प्राप्त गर्दै बिजयी भएको प्रमुख निर्बाचन अधिकृत शिवराज पन्डितले बताए ।

यस अघि महासचिब पदमा बिष्णु लवट सर्बसहमत चयन भैसकेको उनले जानकारी दिए । बरिष्ठ उपाअध्यक्ष र बाणिज्य उपाअध्यक्ष बाहेक अन्य पदमा सँयुक्त प्यानलको समुह विजयी भएको हो । सँयुक्त प्यानलमा राष्टिय जनमार्चा सहित काग्रेस, एमाओबादी र नेकपा माओबादीले पदाधिकारीमा पद बाँडफाड गरी चुनाबी मैदानमा उत्रिएका थिए ।

नवनिर्बाचित अध्यक्ष न्यौपानेले मगँलबार बिहान गोपनियताको सपथ लिदै जिल्लाको आर्थिक क्रान्ती सँगै बिकास र ब्यावसायीको हक अधिकारका लागी भुमिका खेल्ने प्रतिबद्दता जाहेर गर्नुभयो । अधिबेशनले आगामी तिन बर्षका लागी नयाँ नेतृत्व चयन गरेको हो ।

उधोग बाणिज्य सँघको कार्यसमिती २७ सदसिय रहने प्राबधान छ । जसमध्ये ५ जना मनोनित सदस्य र त्यसमा पनी २ जना महिला ब्यावसाय अनिबार्य रहेको सँघको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ