२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सरकारको प्रतिपक्षी भनेकै गरिबी हो’ : मुख्यमन्त्री शाही

२०७५, २० आश्विन शनिबार ०५:०४

शुरबहादुर सिंह, असोज २०, सुर्खेत ।  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारको प्रतिपक्षी भनेकै गरिबी भएको बताउनुभएको छ । 

कालीकोट जिल्ला समन्वय समितिद्वारा शुक्रबार यहाँ आयोजित ‘मुख्यमन्त्रीसँग जनप्रतिनिको भेटघाट तथा अन्तक्र्रिया’ कार्यक्रममा उहाँले स्थानीय तथा प्रदेश तहको विकासमा मुख्य बाधक गरिबी नै भएकाले र यसविरुद्ध जुध्नु हामी सबैको साझा दायित्व भएको बताउनुभयो । 

मुख्यमन्त्री शाहीले भन्नुभयो, “गरिबी बिरुद्ध लाग्न हरेक नागरिक आत्मनिर्भर बन्ने लक्ष्यका साथ जुट्न जरुरी छ ।” श्रम र मेहनत बिना कुनै पनि समाज, क्षेत्र र देशको विकास नहुने भन्दै उहाँले मुलुकको विकास नहुनुमा विकासका योजना कार्यान्वयन हुन नसक्नुनै सबैभन्दा ठूलो चुनौती रहेको चर्चा गर्नुभयोे । 

उक्त प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीको विकासका निम्ति सरकार कटिबद्ध भएर लागेको जानकारी दिँदै विकासका सम्भावनाको खानीमा बसेर गरिबीको बिल्ला भिर्नुपर्ने विवशताबाट मुक्ति पाउन कर्णालीवासीले थुपै चुनौतीका पहाड फोड्नुपर्ने र हरेक तहले विकासको महाअभियानमा एकसाथ लाग्नुपर्नेमा जोड दिनुभयो । 

भौतिक पूर्वाधार विकासमन्त्री खड्क खत्रीले संरचनाबिनै सरकार सञ्चालन गर्नुपर्दा अधिकतम् समस्या सामना गर्नुपरेको बताउनुभयो । 

अन्तक्र्रियामा कालीकोट जिल्लाका नौवटै स्थानीय सरकारका प्रमुखले सिंहदरबारको अधिकार अहिलेसम्म गाउँमा नआएको र जनशक्ति अभावमा काम गर्नुपरेको गुनासो गरेका थिए । 

खाँडाचक्रमा सिसी क्यामेरा 

कालीकोट सदरमुकाम मान्म खाँडाचक्रमा शुक्रबार १७ वटा सिसी क्यामेरा जडान गरिएको छ । 

मुख्यमन्त्री शाहीले उक्त कार्यक्रम शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले छोटो समयभित्र कालीकोट सदरमुकामलाई डिजिटल प्रणालीमा जोड्न पहल गरिने जानकारी दिनुभयो । 

“मान्म अब कर्णाली प्रदेशको सुरक्षित सदरमुकाम बन्नेछ”, उहाँले भन्नुभयो, “प्रविधिको साहायताले यहाँका नागरिकको शान्ति सुरक्षामा मात्र टेवा मात्र पुग्ने छैन हरेकको असल चरित्र निर्माणमा सघाउ पु¥याउनेछ ।” 

प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले सुर्खेत, दैलेख, जुम्ला र मुगु जाने मान्छेको आवतजावतलाई सहज बनाउन, आपराधिक गतिविधि नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम सिसी क्यामेरा जडान गरिएको बताउनुभयो । 

जिल्ला प्रहरी प्रमुख तथाप्रहरी नायब उपरीक्षक विनोद शर्माले खाँडाचक्र नगरपालिका, जिल्ला प्रशासन, जिल्ला प्रहरी र स्थानीय बैंकको सहयोगमा रु ११ लाखको लगानीमा सिसी क्यामेरा जडान गरिएको जानकारी दिनुभयो । उक्त प्रविधिको कन्ट्रोलरुम जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी