२४ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

डोल्पा–जाजरकोट सडक ट्र्याक खुल्यो

२० आश्विन २०७५, शनिबार ०६:५४

असोज २०, जाजरकोट | जाजरकोट–डोल्पा सडक खण्डको त्रिपुराकोट नगरपालिका–९ धाउनीको अन्तिममा भीर काटेपछि दुनैसम्म सडकको ट्र्याक खुला भएको छ । 

धाउनी–फूलपानी सडक खण्डको निर्माण कार्य सम्पन्न भएको छ । तरपरे भीर खण्डको ट्र्याक खोलेर ढुवानीको साधन ट्याक्टर सञ्चालनमा आएपछि धाउने र फूलपानीका बासिन्दाले पूजाआजा गरेर सडकमै नाँचगान गरी हर्ष मनाएका छन् । सडक नपुग्दा यातायातका साधन नचलेपछि पीडा तथा अभावमा पिल्सिएर बसेका डोल्पालीको वर्षौदेखिको सडक सपना पूरा भएको छ । 

निर्माणाधिन सडक जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–९ मा पर्ने अन्तिम कडा चट्टानको रूपमा रहेको ५०० मिटरको तरपरे भीर खण्डको ट्र्याक खोल्ने काम सम्पन्न गरेसँगै डोल्पालीको वर्षौदेखिको सडकको सपना पूरा भएको हो । 

तरपरे भीरको ट्र्याक खोल्ने कार्य सम्पन्न भएसँगै डोल्पा सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । ट्र्याक खोल्ने कार्य सम्पन्न गरेर डोल्पाको खदाङदेखि चुँगाडसम्म सिधा ढुवानी साधनको रूपमा ट्याक्टर सञ्चालनमा ल्याइएको नेपाल सेना निर्माण कार्यदलका प्रमुख विश्ववन्धु पहाडीले बताउनुभयो । सदरमुकाम दुनै, विमानस्थल जुफाल र त्रिपुराकोटको सुँपानीसम्म यसअघि नै आन्तरिक यातायातको रूपमा हेलिकप्टरबाट ल्याइएका जीप तथा ट्याक्टर सञ्चालनमै आइसकेको छ । 

त्रिपुरासुन्दरी नगरपालिका–९ मा पर्ने फुलपानी र धाउन्ने बस्तीका बासिन्दाले आफ्नो घरआँगनमा पुगेको ट्याक्टर र जाजरकोट–डोल्पा मोटरबाटो निमार्णमा संलग्न नेपाली सेनालाई फूलमाला पहिर्याएर भव्य स्वागत गरेका छन् । 

जाजरकोट–डोल्पा नाम दिइएको भेरी करिडोर पहिलो चरणको निर्माण कार्यअन्तर्गत जाजरकोटको पासागाडदेखि डोल्पा दुनैसम्मको ११७ दशमलव ७ किमी सडकको ट्र्याक खोल्ने कार्य सम्पन्न भएको नेपाली सेनाको जाजरकोट–डोल्पा मोटरबाटो निमार्ण कार्यदलका प्रमुख पहाडीले बताउनुभयो । 

सडक पुगे पनि पुल बाधक 

यस सडक खण्डको निर्माण कार्य पूरा भए पनि पुल अभावमा समस्या हुने देखिएको छ । करीब पाँचभन्दा बढी ठूला र अन्य साना पुल निर्माण नभएसम्म यस सडक खण्डमा स्थानीयवासीले सहजै यात्रा गर्न सक्ने अवस्था नहुने देखिन्छ । जाजरकोटको दल्ली, कालीमाटीबीच नलगाड नदीमा पुल, रुकुमको राडी र जाजरकोटको मन्मै बीचमा रहेको भेरी पुल, जाजरकोट तल्लु र रुकुम छरेवग्रीबीचको भेरी नदीको पुल, डोल्पाको खदाङमा भेरी नदीको पुल, त्रिपुराकोट जुफाल जोड्ने भेरी नदीको पुल निर्माण कार्य शुरु नै भएको छैन । अब माथिल्लो डोल्पाको तेन्जे र मरिम्लाका लागि सडक निर्माण हुने सांसद सत्य पहाडीले बताउनुभयो । बजेट विनियोजन भइसकेकाले माथिल्लो डोल्पाको काम शुरु हुने उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेतमा निस्सासिएर २ नेपाली महिला श्रमिकको मृत्यु पोल्याण्ड पठाइदिन्छु भन्दै ८० लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ भूकम्पको २४ घण्टा : चीनमा ५१५ वटा परकम्प, कम्तीमा १२६ जनाको मृत्यु सहकारी ठगी प्रकरणमा मुछिएकी ऋषिकेश पोखरेलीकी श्रीमती अञ्जला कोइराला अदालतमा उपस्थित जय ट्रफीमा पुलिसविरूद्ध मयन यादवको अर्धशतक सुनको मूल्य बढ्यो, प्रतिताेला कतिमा हुँदैछ काराेबार ? एमाले केन्द्रीय कमिटीमा खिमलालले भने- मीनबहादुरलाई धन्यवाद भनौं र जग्गा फिर्ता दिऔं प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक, के हुँदैछ निर्णय ? प्रधानमन्त्री ओलीले भने- संविधान संशोधन ०८७ मा हुन्छ बुटवलमा नवजात शिशु डम्पिङ्ग साइटमा मृत फेला ओलीलाई गगनको सुझावः मन्त्री कांग्रेसको होस् कि एमालेको, गलत गर्छ भने मिनेटभरमा बर्खास्त गर्न सक्नुपर्छ देउवालाई भेट्न बूढानीलकण्ठ पुगे लिङ्देन ‘पटक-पटक कम्पन हुँदैमा ठुलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’: भूकम्पविद् नेप्सेमा सामान्य सुधार, दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट भूकम्पका कारण नेपालमा १३ जना घाइते सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ भागदौडको घटनामा घाइते बालकलाई भेट्न पुगे अल्लु, कस्तो छ बालकको अवस्था ? प्रतियोगिता सकिएको दुई महिनापछि महिला फुटबल खेलाडीले पाए जनही ३ लाख पुरस्कार तिब्बत भूकम्प: ज्यान गुमाउनेको संख्या ९५ पुग्यो (अपडेट) किशोरी बलात्कार अभियोगमा बिर्तामोडका पूर्वमेयर जेल चलान