२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

२०७५, २१ आश्विन आईतवार ०३:०४

असोज २१, सिन्धुली | सिन्धुलीको कमलामाई नगरपालिकाको भित्री सडकमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

सो दुर्घटनामा ट्याक्टरमा सवार रहेका कमलामाई नगरपालिका–५ निवासी २१ वर्षीय रमेश घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक जेसी शाहले जानकारी दिनुभयो । 

कमलामाई नगरपालिका–५ सिलामेबाट सिन्धुलीमाडीतर्फ आउँदै गरेको वान टेष्ट ट्याक्टर सडकबाट ३० मिटर तल खसेको थियो । ट्याक्टर चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

रातको समयमा तीव्र गतिमा गुडेको ट्याक्टरको गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुलीका भित्री सडकमा १८ वर्षभन्दा मुनिका व्यक्तिले ट्याक्टर चलाउने गर्दछन् । अधिकांश ट्याक्टर दुर्घटना चालकको कमजोरीले हुने गरेको छ । तर सवारी चालक अनुमतिपत्रविना नै सवारी चलाउने धेरै भए पनि ट्राफिक प्रहरी तथा प्रहरीले यसलाई नियन्त्रण गर्न सकेको छैन । 

रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ