२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्मला हत्या प्रकरण: बयानमा कसले के-के भने ? (पूर्णपाठ सहित)

२०७५, २२ आश्विन सोमबार ०२:०८

असोज २२, काठमाडौँ | गृह मन्त्रालयले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटनाको छानबिन गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा बिभिन्न पक्षको बयान सहितको ३७ पेजको प्रतिवेदन सार्वजनिक गरेको छ । 

सार्वजनिक प्रतिवेदनको एक अंश, जसमा स्थानीय र पिडितहरुको बयान लिईएको छ ।  

मिति २०७५/४/११ गते महाकाली अंचल अस्पतालका डा. हरीकुमार श्रेष्ठ सहित ३ जनाको टोलीले शव पोष्टमार्टम गरेको । उक्त पोष्मार्टमको प्राप्त रिपोर्टमा निर्मला पन्तको मृत्युको कारण (Cause of Death) मा ̎ Throttling Leading to Asphyxia˝ उल्लेख रहेको छ । साथै घांटी थिची हत्या गरेको गरेको र घाँटीको Verticle midline fracture of Thyroid cartilege (घाँटीको अगाडीपटीको किलकिले हड्डी भाच्चिएको, मृतक निर्मलाको यौनाङ्गको हाइमेन Fresh Tear भएको र त्यसको अवस्था at 2 O, clock र 7, o Clock 1-1 cm उल्लेख गरिएको छ । मृतकको यौनाङ्गको स्वाब लिंदा यौनाङ्गमा ब्रिय नदेखिएको तर कन्फर्मको लागि प्रयोगशालामा पठाउनुपर्ने भन्ने उल्लेख छ । 

बुझिएको पिडित पक्ष तथा स्थानीय व्यक्तिहरुको संक्षिप्त भनाई 

यज्ञराज पन्त (निर्मलाका बाबु) –

छोरी हराएको दिन हामी भारत गएका थियौं खबर भएपछि १२ गते फर्केका हौँ । मलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर एकजना मान्छे पक्राउ परेका छन् उनले लगाएका कपडाका टुक्रा र कन्डमको खोल बरामद भएको छ त्यो मान्छेको बारेमा किटानी जाहेरी दिन पटक-पटक दवाब दिईयो ।  तर मैले त्यो व्यक्ति (दिलिप सिङ बिष्ट) ले यो घटना गराएको भन्ने हामीलाई विश्वास छैन भन्दै जाहेरी दिइन ।  उनीहरु (प्रहरी) लर बाबुले छोरीलाई बलात्कार गरी मारेको घटना पनि छन् भन्दै घुमाउरो किसिमले धम्कि पनि दिए ।  शव उठाउन पनि मलाई धेरै दवाव दिइयो, भागि भागि हिडेको हुँ ।  

दुर्गादेवी पत्न (निर्मलाकि आमा)

साथीको घरमा गएको छोरी अवेरसम्म नफर्केपछि म अन्दाजी बेलुका ६ बजेतिर रोशनी वमको घरमा सोधपुछ गरेको हुँ ।  दिउसो २ बजेतिर नै अम्बा समेत लिएर फर्केको जानकारी दिइन त्यसपछि म फर्के ।  फेरी साँझ ७ बजेतिर छिमेकी लक्षमणको साथमा रोशनीको घरमा पुगेर सडकबाटनै उनीहरुलाई बोलाएको हुँ ।  मेरी छोरी तिमीहरुकै घरबाट हराएको छ केहि भएमा तिमीहरुनै जिम्मेवार हुनेछौं भनेर कुरा गर्दा रोशनीको दिदि बबिता बमले घरको व्रंदाबाट 'तिम्री छोरी कहाँ गई हामीलाई के थाहा ? पोइला पो गइन कि, हामी जिम्मेवार हुन्छौ ?' भन्ने कुराहरु गरेकी हुन् ।  त्यसपछि हामी अन्दाजी राति ९ बजे आस्थायी प्रहरी पोष्ट सालघारीमा पुगेर खवर गर्यौं, भोली खोजौला भन्ने जवाफ दिए ।  वडा प्रहरी कार्यालयमा पनि फोन गरेर खोज तलासको लागि अग्राह गर्यौं तर कहीबाट पनि सुनुवाई भएन ।  

रविन्द्र तिवारी (वडा सदस्य, भीमदत्त नपा)

नावालिका हराएकै दिनको राती अवेरसम्म खोजतलासका लागिहामीले प्रहरीलाई धेरै पटक हारगुहार गर्यौं तर सुनुवाई भएन ।  मोबाइल नम्बर ९८४८१४०२५५ बाट कहाँ-कहाँ फोन गरियो चेक गर्दा हुन्छ । 

साधुराम चौधरी (निर्मला पन्तको साइकल खोलाबाट निकाल्ने व्यक्ति, प्र. नि जगदिस भट्टको भतिजा लोकेन्द्र भट्टको घरमा बस्ने गोपाल):

म साउन ११ गते बिहान अन्दाजी १० बजेतिर सौच गरेर फर्कंदा खोला किनारमा साइकल देखें ।  उक्त साइकल मैले निकालेर सडकमा राखेको हुँ । मैले देख्दा साईकलको ह्यान्डल तल र चक्का माथि परेको अवस्था थियो । निज साधुराम चौधरीले साइकल भेटेको बिषयमा बारम्बार कुरा बदल्दै कहिले साइकलको सिट माथि फर्केको भन्ने त कहिले तल फर्केको थियो भन्दै निजले बस्ने घरतिर साइकल नलगी बिपरित दिशातर्फ साइकल लागेर राखेको भन्ने भनाइ समेत शंकास्पद देखिएको छ ।)

धना र जमुना भण्डारी (शरुमा साइकल देख्ने महिला):

हामी २ बहिनी वाख्राका लागि स्याउला काट्नगएका थियौ । साथमा यो फुच्चे पनि थियो (सानो छोरालाइ देखाउदै) । यसले खोलामा साइकल देखेछ र हामीलाइ " ममी साइकल साइकल” भने तर हामीले खासै वास्ता गरेनौ । पछी हेर्दा (धना भण्डारी) साइकल देखियो तर धेरै भाग डुवेको अवस्थामा थियो । तर कापी तथा अम्वा भने देखिएन । पानी परेकोले खोला तर्न सक्ने अवस्था थिएन ।

मोति बहादुर नेपाल (नेपाली सेनाका भपू, स्थानीय ) :

मिति २०७५।४।११ गते बिहान मृतकको आमा लगायत अन्य व्यक्तिहरुसंगै भएको वेला मैले रोशनी भन्ने आचल बमको घरमा गइ रोशनीलाइ ̎नानी एकपटक तल अउन, तिम्रो साथी हराउदा तिमीलाई माया लागेन ॽ ̎ भनी सोधपछु गर्दा निजको दिदि भन्ने अनिता बमले 'तँ को होस हामीलाई सोधपछु गर्ने ॽ भनी झपारेकोमा मैले यहाँ तल अइज चुल्ठो समातेर घमुाएपछी थाहा पाउछेस भनेको हुँ ।

दिलिप सिङ विष्ट (अभियुक्तको रुपमा हिरासतमा लिईएका व्यक्ति, हाल हिरासत मुक्त) :

म केही अघिमात्र जेलवाट छुटेको हुँ दैनिक रुपमा जेलमा जाने, वसपार्कतिर काम गर्च्झ्हू, थोरै पैसा कमाउछु खान्छु, कहिले काही साथी भाईसँग १०/२० रुपैया माग्ने गर्छु । वाटोमा हिड्दै गर्दा मान्छेको भीड देखें के भएछ भनेर सोधपछु गर्दा पन्तको छोरीको हत्या भएको हो रे भन्नेसम्म सुनेको हुं । म आफ्नै वाटो लागे, मलाइ पक्राउ गरी हिरासतमा राखेर पानीपट्टि लगाएर चरम यातना दिए र यो घटना मैले नै गराएको हो भन्न वाध्य पारियो । यो घटनामा मेरो कुनै संलग्नता छैन, म निर्दोष छु ।

दिलिप सिङ विष्टकि भतिजी बुहारी:

म बिवाह गरेर यो झपुडी (घर)मा अएको पनि थुप्रै बर्ष भयो । कहिलेकाही एक्लै वस्छु तर आजसम्म उहां (दिलिप सिङ विष्ट)वाट म प्रति  कुनै नराम्रो व्यवहार भएन ।

हामीले कुनैपनि वस्तु माग्दा कहिले पनि हातमा थाप्नु भएन, अन्यत्रै राखि दिनु पर्दथ्यो । म उहां दिउसोतिर निस्कने र साँझ ७/८ बजे फर्कनुहुन्थ्यो । उहाँले गांजा-भाङ खानुहुन्छ । यो घटना उहांले गराएको हुनै सक्दैन । फसाउन खोजिएको हो ।

टेकराज जोशी (नाइके, कन्चनपुर कारागार):

दिलिप सिङ विष्टसाढे ९ बजेसम्म यही जेलमा संगै वसेका हौं । उनलाइ हामीसंग चिन्दछौ, अनीवानी राम्रै थाहा छ । यो निर्मला पन्तको हत्यामा उनको संलग्नता हुनै सक्दैन । उनले यो काम गरे भन्नेमा हामीलाई २०० प्रतिशत विश्वास छैन । गंभीर षडयन्त्र भएको छ ।

रुपा कार्की (क्वीन व्यटुी पार्लर संचालक) :

निर्मला पन्त हराएको भन्ने चर्चामा आएपछि साउन ११ गते मेरो श्रीमान पनि त्यतै जानुभएको थियो । मलाइ पसलमा अउन ढिला भएकोले श्रीमानलाइ फोन गरे उहाँले साईकल भेटेको कुरा गर्नुभयो । मैले साइकल भेटिएको कुरा गरें, त्यसपछी मेरो नजीकै रहेकी अन्जना वमले “लौ दिज्यु साइकल भेटिएछ, अब त्यतैतिर शव पनि भेटिएला” भन्ने कुरा गरेकी हुन् । उनले यो कुरा किन भनिन् त्यो चाहि म भन्न सक्दिन तर भनेकै हुन् ।

चक्र वडू (हिरासतबाट छुटेका, हाल सार्वजनिक मुद्दा) :

यो केसमा मेरो संलग्नता  हुन सक्ने दखेर प्रहरीले हिरासतमा लिएको हो । मेरो मोवाइलमा रहेको फोटोहरु हेरियो । सोधपछु गरे । त्यस क्रममा मलाइ रातीको समयमा अत्याधिक सारीरिक यातना दिए, डर त्रास देखाए । अभियोग स्वीकार्नु ५० प्रतिशत सजाय कम गराईदिन्छौं भन्ने प्रलोभन पनि देखाएका हुन् । म भारतमा काम गर्न गएको मान्छे हुं । यस घटनामा म निर्दोष छु, म माथि प्रहरी ज्यादती भयो ।

दिपेन्द्र मडै (दिलिप सिङ विष्टका छिमेकी) :

प्रहरीले २६ दिन पछी विष्टको कपडाको टुक्रा र कन्डमको खोल फेला परेको भनिएको छ । त्यो सम्भव छैन, घरैवाट कपडा च्यातेर लगेका छन्। यस सम्वन्धमा मेरा मामा नाता पर्नेले प्रहरीले कपडाको टुक्रा च्यातेर लगेको देखेका हुन् ।

किरणराज विष्ट (प्रहरी उपरीक्षक दिल्लीराज विष्टका छोरा) :

मेरो नाम किरण राज विष्ट, पहाड घर दार्चुला हाल भीमदत्त न.पा. १८ गोबरिया बस्दछु । पेशा फोटोग्राफर हो । मोबाइल नं. ९८४८७४२८७५, ९८१२७७६४२६, ९८६५९०३८६८ हो । मैले १२ कक्क्षासम्म पढेको छु ।

२०७५।४।१० गते म आफ्नै घरमा थिएँ । मेरो फेसबकु अइ.डी. kiranbista , wisekiran , kiranbista01instagram हो । मेरो नागरिकता अनुसुार जन्ममिति २०५६ बैशाख १० गते हो ।

म बायाँ हातले लेख्ने गर्छु । २०७५।४।१० गते अन्दाजी २ बजेपछी होटेल ओपेराको फेमेली रेष्टुरेन्टमा ऐश्वर्या विष्ट, साथी शिशिर र उनीहरुसंग अएका तर मैले नचिनेका तीनजना केटीहरु पनि थिए । म २०७५ श्रावण २६ बुद्ध एयरलान्सको फ्लाइटवाट काठमाडौं गएको हुँ। म निर्मला पन्तलाई चिन्दिन ।

मिति २०७५।४।१० गते साँझ साथी साजन बुढा ऐर र म मेरो घरमा बसेका थियौं । म मिति २०७५।४।११ गते दोधरा चाँदनी जोडने झोलुंगे पुलमा गएको र अन्दाजी ४ बजेतिर घर फर्केंको थिएँ । २०७५।४।१२ गते म कहाँ गएँ भन्ने थाहा छैन । मैले नासा इन्टरनेसनल कलेज तिनकुनेमा कक्षा ११ र १२ पढेको हुँ। आयुष विष्ट (नगरप्रमखु सुरेन्द्र विष्टका भतिजा, बर्ष २१): रोशनी वम र वविता वमलाई म चिन्दिन ।

आयुष विष्ट (नगर प्रमुख सुरेन्द्र विष्टका भतिजा, बर्ष २१) :

मेरो मोबाइल नं. ९८०६४६८१०१ र ९८४००७०६८४ हो । मेरो बाबकुो नाम भुपेन्द्र विष्ट हो र घर भीमदत्त .न.पा ४ । मिति २०७५।४।१० गते म आफ्नै घरमा थिएँ तर कति बजेसम्म घरमा थिएँ भन्न सक्दिन । तर साउन ९, १० गतेतिर म साथीहरुसंग एयरपोर्टतिर फुटवल खेल्न गएको थिएँ । म ब्रिक्सटन कलेज महेन्द्रनगरमा बिबिए लास्ट सेमेस्टरमा अध्ययन गर्दछु । नियमित कलेज जाने गरेको छैन । म रोशनी वम र वविता वम तथा किरण राज विष्टलाई चिन्दिन । मैले निर्मला हत्या बारे २०७५।०४।११ गते बेलकुी ५/६ बजे तिर मुन साइन क्याफे महेन्द्रनगरमा साथी निरज नेगीबाट थाहा पाएको हुँ । म कहिलेकाही  अल्कोहल ड्रिंक गर्छु । 

वविता भन्ने अनिता वाम (बर्ष २१/२३) :

साउन १० गते सांझ म ट्यशुन पढेर घर फर्केको थिएँ । ७ वजे तिर निर्मलाको आमा आएर गेटवाट चिच्याउदै गाली गर्न थाल्नुभयो । निर्मलालाई केही भए तिमीहरु जिम्मेवार हुन पर्दछ भनेपछी मैले जतिम्री छोरी कहां गइ हामीलाइ के थाहा ? पोइला पो गइन कि, हामी कसरी जीम्मेवार हुन्छौ ” भनेकी हुं । यी कुराहरु मैले आवेशमा अएर भनेकी हुं । एस.पी. (दिलिपराज विष्ट) लाइ म चिन्दिन, यही आएर देखेकी हुँ । उहाँको घर पनि दार्चुलामा नै रहेछ । यो घटनामा मेरो कुनै दोष छैन ।

रोशनी भन्ने आचल वम (मृतककी साथी, बर्ष १४) :

साउन ९ गते म निर्मलाको घरमा गएर चटपटे खाएं । निर्मलासंग १० गते मेरो घरमा संगै वसेर होमवर्क गर्ने सल्लाह भयो । ११ गते अन्दाजी ११.०० वजेतिर निर्मला साइकल चढेर हाम्रो घरमा आइन । संगै वसेर केही वेर होमवर्क गर्यौं, उनीले केही वेर टिभी पनि हेरिन् । अन्दाजी २ वजेतिर केही अम्वा लिएर फर्किन । अघिल्लो दिन खाएको चटपटेको दिनुपर्ने रु. २० पनि दिएर पठाएको हुँ, यस्तै ५ वजेतिर निर्मलाकी आमा आएर सोध्नुभयो मैले उनी अघि नै घर फर्केको कुरा वताएपछी उहाँ फर्कनुभयो, फेरी ७ वजेतिर पनि आएर बाहिरवाटै गाली गरेर फर्कनु भएको हो ।

दिपेन्द्र बहादुर बम (शिक्षक) र इन्द्रादेवी बम (वडा सचिव) वविता र आचल  अचल वमकी वावुआमा:

हाम्रो मोबाइल नं. ९८६८७३५२३५ र ९७४९५२०११२ हो । यो घटना हुँदा हामी दुवैजना दार्चुला थियौं । छोरीले फोन गरेर निर्मलाकी आमाले यसो भनीन भन्नेकुरा गरेकी थिईन् । घटनावारे थाहा भएपछी हामी आएका हौ । हाम्री छोरीहरु दोषी छन् भने कारवाही हुनुपर्छ । छ्मेकीले पनि वोली दिनुपर्यो । हामी यहां वस्नै नसक्ने भएका छौ, बेइज्जत भएको छ । घर तोडफोड भएको छ । मेरो अम्बाको रुख मैले लगाएको हो । अम्वाको रुखमा आसपासका केटाहरु चढेर खाने होहल्ला गर्ने, छोरीहरुले खासै अम्वा नरुचाउने भएकाले पनि मैले नै साउन १७ गते काटेको हुँ ।

विद्या पन्त (अनिता बमको साथी, ओम प्रकाश पन्तको छोरी एवं अकाश जोशीको श्रीमती, भीमदत्त नपा, उल्टाखाम वस्ने):

मलाइ मिति २०७५।४।१० गते निज अनिता बम ट्यसून पढ्न आएको एकिन छैन । सो विषयमा प्रहरीले मेरो कापी माग गरी फोटोकपी समेत गरेर लगेका छन् । तर सोही विषयमा निज अनिता बमलाई सोधनी गर्दा उक्त दिन ट्यसून पढ्दा म विद्या पन्तसंगै बसेको थिएँ भन्ने जवाफ दिएका । (०९१५२६९३४ बाट निज विद्या पन्तको मोबाइल नं. ९८०९४३५५५३ मा फोन गरेर सोधीएको)

बाबुराम रावत (अनिता बम ट्यसुन पढ्ने Mirai Education VIsa Center का संचालक ) :

मिति २०७५।४।१० गतेका दिन अनिता बम ट्यशून पढ्न आए/नआएको एकिन भएन । सो सम्बन्धमा अनिता बम र अनिता बमको बुवा स्वयंम आएर मिति २०७५।४।१० गतेका दिन ट्यशून पढ्न आएको भनी भनिदिनुपर्यो भनेर गएका थिए तर उनी आएनआएको भन्न नसक्ने भनि सम्पूर्ण विद्यार्थी तथा मैले जवाफ दिएक हौ ।

३७ पेज लामो पुरा प्रतिवेदन यहाँ हेर्न सक्नुहुन्छ: 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु