२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाद्य संस्थानले भोलिबाट खसीबोका र च्याङ्ग्रा बेच्ने

२०७५, २४ आश्विन बुधबार ०७:०३

असोज २४, काठमाडौं । खाद्य संस्थानले काठमाडौंमा भोलिदेखि दशैंका लागि खसी–बोका र च्याङग्रा बिक्री गर्न थाल्ने भएको छ । आजदेखि तराईका खसीबोका र हिमालका च्याङ्ग्रा काठमाडौं भित्रिँदैछभित्रने र भोलिदेखि बिक्रि सुरु गरिने खाद्य संस्थानले जनाएको छ ।

बुधबार बेलुकासम्म हेटौंडाबाट पहिलो चरणमा १ सयभन्दा बढी खसीबोका काठमाडौं आइपुग्ने संस्थानका प्रवक्ता शंकर सापकोटाले जानकारी दिए । उनका अनुसार म्याग्दीमा ल्याएर राखिएका मुस्ताङका च्याङ्ग्रा आज लोड गरेर भोलि बिहानसम्म काठमाडौं आइपुग्नेछन् । च्याङग्रा पनि पहिलो चरणमा १ सयकै हाराहारीमा ल्याइँदै छ ।

एकैपटक ल्याउँदा ढुवानीमा समस्या हुने र क्षतिको पनि खतरा हुने भएकाले चरणबद्ध रुपमा ल्याउन लागिएको हो । दशैंलाई लक्षित गरेर संस्थानले काठमाडौंको हकमा हरेक वर्ष प्रचलित मूल्यभन्दा केही छुट दिएर खसी, बोका र च्याङ्ग्रा विक्रि गर्दै आएको छ ।

काठमाडौं भित्रिने खसीबोका र च्याङ्ग्रा खाद्य संस्थानको बाग्मती अञ्चल कार्यालय थापाथलीबाट बिक्री वितरण गरिनेछ । यस वर्ष एक हजार खसीबोका र एक हजार च्याङ्ग्रा बिक्री गर्ने संस्थानको योजना छ ।

अघिल्लो वर्ष पनि संस्थानले एक हजार पाँच खसीबोका र एक हजार च्याङग्रा ल्याएको थियो । संस्थानले जिउँदो खसीबोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने बताए पनि मूल्य भने निर्धारण गरिसकेको छैन ।

बुधबार बस्ने संस्थान सञ्चालक समितिको बैठकले मूल्य निर्धारण गर्ने प्रवक्ता सापकोटा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा