2026-10-15 11:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिल्सामा अध्यागमन कार्यालय स्थापना, पहिलोपटक अन्तराष्ट्रिय व्यापार सम्वन्धमा जोडियो कर्णाली

असोज २४, सुर्खेत | छिमेकी मुलुक चिनसँग सिमाना जोडिएको कर्णाली प्रदेशमा पहिलो पटक अध्यागमन कार्यालय स्थापना भएको छ । संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले मंगलवार हुम्लाको हिल्सामा अध्यागमन कार्यालय उद्घघाटन गरे संगै औपचारिक रुपमा कर्णाली प्रदेश अन्तराष्ट्रिय वजारसंग जोडिएको हो ।

अध्यागमन कार्यालयको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापा बादलले हिल्सा नाकामा अध्यागमन कार्यालको स्थापना पछि कर्णाली प्रदेश संगै पश्चिम नेपालको समृद्धीको ढोका खुलेको बताउनुभयो । गृहमन्त्री थापाले हिल्सा नाका हुम्ला जिल्लाको मात्र नभई कर्णाली प्रदेश र नेपालकै आशालाग्दो व्यापारिक नाकाको रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको अन्तराष्ट्रिय ब्यापार प्रवद्र्धन तथा समृद्धिमा हिल्सा नाकाले महत्वपुर्ण भुमिका खेल्ने भन्दै गृहमन्त्री थापाले मित्र राष्ट्र चीनको विकासमा यसले योगदान गर्ने वताउनुभयो । उहाँले हिल्सा नाका छिमेकी देश चीन, भारत हुँदै युरोपसँग पनि जोडिने भएकाले यसको आफ्नै महत्व रहेको बताउनुभयो ।

उद्घाटन कार्यक्रममा वोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले हिल्साको अध्यागमन कार्यालय स्थापना संगै कर्णाली प्रदेशको समृद्धिका लागि वाटो खुलेको वताउनुभयो ।

भन्सार, अध्यागमन, क्वारेनटाईन, सीमा प्रहरी बलको कार्यालयका लागि पुर्वाधार बिकास गर्न प्रदेश सरकारले चार करोड बजेट बिनियोजन गरेको बताउँदै मुख्यमन्त्री शाहीले चालु आर्थिक बर्षमै निर्माण कार्य पुरा गर्ने बताउनुभयो ।

उहाँले पुर्वाधार निर्माणमा वजेट अभाव भए थप वजेट व्यवस्था गर्न प्रदेश सरकार तयार रहेको पनि वताउनुभयो ।

मुख्यमन्त्री शाहीले यो महिनाको पहिलो साता गरेको चिन भ्रमण लगत्तै सिमानाकामा भन्सार कार्यालय स्थापना भएको छ । मुख्यमन्त्री शाहीले भ्रमणका क्रममा चिनसंग सिमानाका संचालन, हिल्सा–जमुनाहा द्रुतमार्ग निर्माण लगायतका विषयमा संवाद गर्नुभएको थियो ।

अध्यागमन कार्यालयको उद्घाटनमा गृहमन्त्री थापासंगै मुख्यमन्त्री महेन्द्रवहादुर शाही, आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, समाजिक विकास मन्त्री दल रावल, गृह सचिव, भन्सार विभागका महानिर्देशक, लगायत १५ जनाको टोली हुम्लाको सिमकोट हुँदै हिल्सा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु