२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

असला माछा विदेशमा कोशेली

५ कार्तिक २०७५, सोमबार ०६:५९

कात्तिक ५, बागलुङ | विदेश पठाउने गतिलो कोशेली यहाँको दरमखोलाको असला माछा बनेको छ । 

सुकुटी पारिएको माछा महँगो भाउमा किनेर प्रवासमा रहेका आफन्तसम्म पठाउने गरिन्छ । देश बाहिर पनि दरमखोलाको असला माछा रोजाइमा छ । स्वाद र बनावट दुवै कारणले यहाँको असला माछा उत्कृष्ट मानिन्छ । 

गलकोट नगरपालिका–७ मल्मकी उषा पौडेलले अमेरिकामा बस्ने दिदीका लागि यसपालि सोही माछा कोशेलीका रुपमा छान्नुभयो । 

सुकाएको माछा किन्दा भाउ भने महँगो पर्न गएको उहाँको भनाइ छ । व्यवसायीले पनि विदेशमा कोशेली पठाउनेलाई लक्षित गरी माछाको सुकुटी बनाउने गर्छन् । “बढीजसो कोशेलीकै रुपमा बिक्री हुन्छ” स्थानीय व्यवसायी बाबुराम केसीले भन्नुभयो, “पोखरा, काठमाडौँ जस्ता ठाउँमा पनि जान्छ ।” 

आलो माछालाई हप्तौँसम्म आगोमा सेकाएर सुकुटीको रुपमा बेच्ने गरिएको उहाँको भनाइ छ । आलो माछाको मूल्य भने प्रतिकिलो रु ८०० देखि एक हजारसम्म छ । आलोको भाउ बढेसँगै वर्षेनी ‘सुकुटी माछा’ को भाउ पनि बढ्दै गएको छ । अर्का व्यवसायी कृष्णकुमारी केसीका अनुसार दुई वर्षअघिसम्म रु पाँच हजार पर्ने माछा अहिले रु सात हजारसम्म पुगेको छ । चार वर्षअघि जम्मा रु तीन हजार मूल्य थियो । 

गाउँमा भन्दा विदेशमा लानेले माछालाई महँगो मूल्य तिर्न पनि तयार हुन्छन् । छुट्टिमा नेपाल आएकाले विदेश फर्कदा माछा कोशेली लिएर जाने चलन नै बसेको छ । व्यवसायीका अनुसार धेरै लानेमा जापानमा बस्ने छन् । माग र रोजाइअनुसार माछा उपलब्ध गराउन व्यवसायीलाई भ्याइनभ्याइ छ । 

गलकोट नगरपालिका–७, ८ र ९ मा दैनिक ३० भन्दा बढी व्यक्तिले माछा मार्ने गर्छन् । माछा मार्ने व्यक्ति केहीले आफैँ सोझै उपभोक्तालाई बेच्ने गर्छन् भने कसैले कम मुनाफा राखेर अर्को व्यवसायीलाई बेच्ने गरेका छन् । 

माछा मार्ने जलारी, स्थानीय सरोकार भएका पक्षको निर्णयबाट खोलामा बम हान्न, विष हाल्न र विद्युतीय शक्ति लगाएर माछा मार्न प्रतिबन्ध लगाइएको छ । स्थानीय प्रशासनले पनि अनाधिकृत रुपमा माछा मार्ने कार्यलाई रोक्न निगरानी बढाएको छ । 

दरमखोला आसपासका क्षेत्रमा बसोबास गर्ने कतिपय परिवारको जीविका माछा मारेर नै धानिएको छ । असला माछाका परिकार उपलब्ध गराउने स्थानीय होटल–रेष्टुराँले पनि यथेष्ट आम्दानी गर्दै आएका छन् । केही वर्षअघि गायक वसन्त थापा र गायिका नीता पुनमगरले ‘माछा मीठो असला दरमखोलाको’ बोलको गीत बजारमा ल्याएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै