४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा कार दुर्घट्ना, एकै घरका तीन जनाको मृत्यु

२६ बैशाख २०७३, आईतवार ०२:५८

सलिम अन्सारी/बैशाख २६, प्यूठान । स्वर्गद्वारी दर्शन गरेर फर्किने क्रममा निजि स्कारपियो कार दुर्घटना हुँदा एकै घरका तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँचजना घाइते छन् । उनिहरुको अबस्था गम्भीर छ ।

प्यूठानको भिङ्ग्री हुँदै फर्किने क्रममा बा १४ च ३८३९ नम्बरको स्कार्पियो भिङ्ग्री १ स्थित खहरेखोलामा शनिबार मध्यान्ह दुर्घटना भएको थियो । दुर्घटनामा दाङ तुलसीपुर नगरपालिका १९ उरहरी निवासी ५५ बर्षिय शुकदेव खनाल, उनकी १९ वर्षीया छोरी बिमला खनाल र १३ वर्षीय छोरी अस्मिता खनालको घट्नास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार दुर्घटनामा घाइते हुनेमा १९ वर्षीया बसन्ता खनाल र ६४ वर्षीया दीया खनाल, घाइते कमला खनाल, कौशिला खनाल र शारदा खनाल रहेका छ्न। घाइते सबैको कोहलपुर मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार पानी परेका कारण भिङ्ग्री–स्वर्गद्वारी सडकखण्ड चिप्लो भएको थियो । कच्ची बाटो भएका कारण त्यहाँ हिँउदमा सुख्खा तथा वर्षाको बेला समेत पहिरो खसिरहन्छ ।

शनिबार दिउँसो सोही बाटो भएर भिङ्ग्री फर्किदैँ गर्दा पहाडबाट खसेको बाढीले जीप चिप्लिएर दुर्घटना भएको थियो । दुर्घटनागस्त जीपमा दाङ तुलसीपुर १९ का खनाल परिवार स्वार्गद्वारी दर्शन गर्न गएका थिए । मृतकको शब पोष्ट्मार्ट्मका लागि जिल्ला अस्पताल प्युठानमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’