२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटका दुई फरार अभियुक्त पक्राउ

२०७५, १२ कार्तिक सोमबार ०८:४७

कात्तिक १२, नुवाकोट ।  विभिन्न अपराधमा संलग्न भई फरार रहेका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा अदालतबाट फैसला भएर फरार किस्पाङ गाउँपालिका–१ भाल्चेका चन्द्रबहादुर तामाङलाई प्रहरीले विदुर–४ सिमचौरबाट पक्राउ गरी जिल्ला अदालत पेश गरेको हो । अदालतको फैसलानुसार कारागार चलान गर्न आदेश दिइएपछि तामाङलाई जिल्ला कारागार पठाइएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । तामाङले २०६९ साउन ७ गते किस्पाङ गापा–१ भाल्चेका ३८ वर्षीय सुकबहादुर तामाङको हत्या गरेको आभियोगमा उच्च अदालत पाटनले २०७२ असार १३ गते जन्मकैदको फैसला गरेको थियो ।

यस्तै मानव बेचबिखनमा संलग्न भएको आरोपमा जिल्ला अदालतमा मुद्दा विचाराधीन अर्का फरार अभियुक्त दुप्चेश्वर गापा–२ गाउँखर्कका ५० वर्षीय काइँला भनिने छिरिङदोर्जे तामाङलाई हेटौंँडाबाट पक्राउ गरी ल्याइएको प्रहरीले जनाएको छ । आरोपित तामाङले एक युवतीलाई ललाइफकाई बिक्रीका लागि भारत लैजाने प्रयास गरेको प्रहरीले जनाएको छ । ती युवतीलाई बिक्रीका लागि गाउँबाट ल्याउँदै गर्दा २०७४ असार १२ गते खरानीटारबाट प्रहरीले उद्धार गरेको थियो भने सँंगै आएका तामाङ फरार भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ