२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

स्वस्थ समाज निमार्णका लागि योग नै उत्तम: सभासद् राईमाझी

२०७२, १९ भाद्र शनिबार ०३:०५

सन्तोषकुमार गुप्ता/ भदौ १९, भालुवाङ । संविधानसभा सदस्य तथा नेकपा एमालेका नेता धनबहादुर राईमाझीले स्वथ हुन र स्वस्थ समाज बनाउन योग नै उत्तम भएको बताएका छन् ।

d4

प्यूठानको बाङ्गेसाल—६ दरभानमा जारी ४ दिने निशुल्क योग विज्ञान स्वास्थ्य शिविरको शनिबार समापन कार्यक्रममा बोल्दै सभासद् राईमाझीले आफू स्वथ हुन योग अभ्यास महत्वपूर्ण हुने भएकोले यसलाई व्यापक बनाउनु पर्नेमा जोड दिएका छन् ।

योग विज्ञान हो, बिश्वमा उपचार पद्धतीबाट ठीक नभएका रोगहरु नियमित योग अभ्यासबाट ठिक भएको चर्चा गदै योग प्रशिक्षण कार्यक्रमलाई राज्य तथा स्थानियस्तरबाट पहल थाल्नु छ, राईमाझीले भने ।

d3

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका राईमाझीले अझै पनि गाउँ घरमा योगको बारेमा जानकारी नभएको बताउँदै राईमाझीले जनचेतनाका माध्यमबाट योग अभ्यास प्रति विश्वास जगाउनु पर्ने बताए । योग प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिन गाउँ—गाउँमा कमिटी गठन गरेर व्यापक बनाउन समेत राईमाझीले सुझाव समेत दिए ।

त्यस्तै समापन कार्यक्रमका बिशिष्ट अतिथी पंतञ्जली योग समितीका केन्द्रिय सदस्य तथा राप्ती अञ्चल प्रभारी प्रेम शाहले नियमित योग अभ्यासबाट शरीरका ९० प्रतिशत रोग निको हुने भएकोले दैनिक सुत्ने समयलाई कटौती गरेर योग अभ्यासमा लाग्न सुझाव दिए ।

d2

उनले मान्छे संग यथा पैसा छ, तर उसको स्वास्थ्य ठिक छैन उपचारका लागि लाखौँ रकम खर्च गर्दा समेत ठीक हुदैन् तर योग अभ्यासबाट ठिक भएका हामी संग प्रमाण छ, उनले दाबी गरे । नियमित योग अभ्यास गर्ने जो कोही व्यक्तिलाई रोग नलाग्ने र शरीरमा भएका रोगहरु समेत ठीक हुने यस्तो पद्धतीको विकास गर्न सके स्वथ समाज बनाउन सकिने बताए ।

पंतजञ्जी योग समिती प्यूठानको आयोजनामा दरभानमा सञ्चालन गरिएको शिविरमा बाङ्गेसाल गाविस भरिका पाँच सय बढीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

d1

भदौको १६ गते सम्म सञ्चालन भएको योग शिविरको प्रशिक्षकमा पतंञ्जली योग समितीका केन्द्रिय सदस्य तथा राप्ती अञ्चल प्रभारी प्रेम शाह, योग समितीका प्यूठान जिल्ला अध्यक्ष ओमहरि भट्टराई, योग प्रशिक्षकहरु डा. कन्कन लस्कर, दामोदर रिजाल(यात्री) र जगनाथ आचार्य रहेका थिए । योग शिविर बिहान साढे ४ बजे देखि साढे ६ बजे सम्म समय निधारण गरी सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

पंतजञ्ली योग समितीका अध्यक्ष ओमहरि भट्टराईको अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्ने बक्ताहरुले पछिल्लो समयमा मानिसहरुमा नयाँ—नयाँ खतरनाक रोगहरुको संक्रमण बढ्न थालेको भन्दै योगको माध्यमबाट रोग कम गर्न योग शिविरबाट सिकेको सिपलाई दैनिक प्रयोग गर्न सके सम्पूर्ण खाले रोगको संक्रमणबाट बच्न योगको महत्वपूर्ण भुमिका भएको बताएका थिए ।

d5

समापन कार्यक्रममा योग प्रशिक्षक आसाराम चौधरी, सहभागीहरु ऋषिराम पौडेल, सालिकराम पौडेल र पत्रकार सन्तोषकुमार गुप्ता लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा कार्यक्रममा सहयोग गर्ने सभासद् धनबहादुर राईमाझी र पत्रकार सन्तोषकुमार गुप्तालाई सम्मान समेत गरिएको छ । कार्यक्रमको सञ्चालन योग प्रशिक्षक दामोदर रिजाल(यात्री)ले गरेका थिए ।

योग समिती बाङ्गेसाल गठन
यसैबीच ४ दिने योग विज्ञान स्वास्थ्य शिविर समापन पछि भएको भेलाले योग प्रशिक्षक दामोदर रिजाल(यात्री)को अध्यक्षतामा ९ सदस्यीय पंतञ्जली योग समिती बाङ्गेसाल गठन गरेको छ ।

जसको सचिवमा देवलाल बेल्बासे, कोषाध्यक्षमा सालिकराम पौडेल, सदस्यहरुमा सुजाता थापा, झबिन्द्र पौडेल, मिलन पौडेल, ऋषिकेस पौडेल र भोजराज ज्ञवाली रहेका छन् । त्यसैगरी भेलाले मोहन पन्थी, ओमहरि भट्टराई, जगनाथ आचार्य र टंक जिसीलाई सल्लाहकारमा चयन गरेको छ भने प्रेस सल्लाहकारमा सन्तोषकुमार गुप्तालाई समेत चयन गरेको छ ।

गठित समितीको लगतै बसेको बैठकले असोजको पहिलो शनिबार समितीको बैठक बस्ने र योग अभ्यास जागरणको व्यापक प्रचार—प्रसार गर्ने लगायतको निर्णय गरेको बैठक पछि नव गठित समितीका अध्यक्ष रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने