२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा स्कार्पियोको ठक्करबाट बालकको मृत्यु, करेन्टबाट युवकको मृत्यु

२०७५, १४ कार्तिक बुधबार १६:४६

कात्तिक १४, सर्लाही (रासस) | सदरमुकाम मलङ्गवामा आज साँझ भारतीय स्कार्पियोको ठक्करबाट एक बालकको मृत्यु भएको छ । 

ठक्करबाट मलङ्गवा–८ का सुभाष साह सोनारका आठ वर्षीय छोरा रौशनको मृत्यु भएको प्रहरीले जनाएको छ । मलङ्गवाबाट भारतको सोनवर्षातर्फ जाँदै गइरहेको बिआर३२पिए ०५९३ नंको स्कार्पियोले विद्युत् कार्यालय नजीक बालकलाई ठक्कर दिएको थियो । 

भारतको सीतामढीबाट जन्ती लिएर आएको स्कार्पियो फर्किंदै गरेको अवस्थामा बालकलाई ठक्कर दिँदा साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ठक्कर दिएर भाग्दै गरेको अवस्थामा स्थानीय र प्रहरीले नेपाल–भारत सीमा नजीक रहेको भारतीय एसएसबीको चेकपोस्टबाट गाडीसहित भारतको सीतामढी जिल्ला भगवानपुर–५ पिपराडीका चालक राधेश्याम रामलाई समातेको प्रहरीले जनाएका छन् । 

करेन्टबाट युवकको मृत्यु 

करेन्ट लागेर सर्लाही, ईश्वरपुर नगरपालिका–१५ बौहर्वा टोलका ब्रह्मदेवनारायण चौधरीका २२ वर्षीय छोरा रमेश चौधरीको मृत्यु भएको छ । 

सुकनाहा बजारको जसमिन वर्कसपमा मोटरसाइकल धुलाउन गएका रमेशले विद्युतीय मोटर चलाउँदा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उहाँको रौतहट चन्द्रनिगाहपुरको एपोलो सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी